सिरिजङ्घा गाउँपालिकाद्धारा निर्माण कार्यमा प्रगति नभएपछि दुई ठेक्का सम्झौता अन्त्य



सौगात विष्ट
ताप्लेजुङ, साउन २
गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले निर्माण कार्यमा अपेक्षित प्रगति नभएको भन्दै दुई वटा सडक योजनाको ठेक्का सम्झौता अन्त्य गरेको छ । गाउँपालिकाले एक सुचना जारी गर्दै सडक योजनाको ठेक्का सम्झौता अन्त्य गरेको बारेमा जानकारी दिएको हो । 

मामाङ्खे–संग्राहलय–हुडाई–तुम्बिम्बा–थावाबुक–याम्फुदिन–कञ्चनजङ्घा आधार शिविर जाने सडक निर्माण योजना र सिरिजङ्घा गाउँपालिकाको केन्द्रदेखि थुम्मा–नागदेवा–हुडाई–फुन्द्रुवा–याङपाङ सम्मको सडक योजनाको ठेक्का सम्झौता अन्त्य गरिएको सिरिजङ्घा गाउँपालिकाका उपाध्यक्ष डा. चित्र माबोले जानकारी दिनुभयो । उहाँ अनुसार पालिकाले पटकपटक मौखिक तथा लिखित निर्देशन दिँदा पनि निर्माण व्यवसायीले कार्यप्रगतिमा सुधार नगरेको, सन्तोषजनक कार्यसम्पादन हुन नसकेको तथा निर्माण कार्य सम्पन्न गर्नेतर्फ आवश्यक पहल नदेखाएकाले योजना अन्त्य गरिएको हो । 

सार्वजनिक खरिद ऐन, २०६३ तथा ठेक्का सम्झौतामा उल्लेखित व्यवस्थाअनुसार गाउँ कार्यपालिकाको निर्णयबाट ठेक्का अन्त्य गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले सम्बन्धित निर्माण व्यवसायीलाई समेट ठेक्का सम्झौता अन्त्यको जानकारी दिइसकेको छ । 

प्रकाशित मिति : 7:25 pm

भारी वर्षाको सम्भावित जोखिमलाई मध्यनजर गर्दै ताप्लेजुङमा उच्च सतर्कता अपनाउन आग्रह

ताप्लेजुङ, साउन २ गते । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले भारी

सिरिजङ्घा गाउँपालिकाद्धारा निर्माण कार्यमा प्रगति नभएपछि दुई ठेक्का सम्झौता अन्त्य

सौगात विष्टताप्लेजुङ, साउन २ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले निर्माण

विपद्का घटनाबाट १० जनाको मृत्यु

ताप्लेजुङ, साउन २ गते । ताप्लेजुङमा एक वर्षमा विपद्का घटनामा

ताप्लेजुङ गोल्ड कपको चौथो संस्करण भदौ १२ बाट, कुन – कुन टिम सहभागी हुँदैछन् ? 

ताप्लेजुङ , साउन २ गते । अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड

मेरिङदेनले उपचारबापत मासिक खर्च उपलब्ध गराउने 

ताप्लेजुङ, साउन २ गते । मेरिङदेन गाउँपालिकाले औषधी उपचारबापत मासिक