सिरिजङ्घा गाउँपालिकाद्धारा निर्माण कार्यमा प्रगति नभएपछि दुई ठेक्का सम्झौता अन्त्य



सौगात विष्ट
ताप्लेजुङ, साउन २
गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले निर्माण कार्यमा अपेक्षित प्रगति नभएको भन्दै दुई वटा सडक योजनाको ठेक्का सम्झौता अन्त्य गरेको छ । गाउँपालिकाले एक सुचना जारी गर्दै सडक योजनाको ठेक्का सम्झौता अन्त्य गरेको बारेमा जानकारी दिएको हो । 

मामाङ्खे–संग्राहलय–हुडाई–तुम्बिम्बा–थावाबुक–याम्फुदिन–कञ्चनजङ्घा आधार शिविर जाने सडक निर्माण योजना र सिरिजङ्घा गाउँपालिकाको केन्द्रदेखि थुम्मा–नागदेवा–हुडाई–फुन्द्रुवा–याङपाङ सम्मको सडक योजनाको ठेक्का सम्झौता अन्त्य गरिएको सिरिजङ्घा गाउँपालिकाका उपाध्यक्ष डा. चित्र माबोले जानकारी दिनुभयो । उहाँ अनुसार पालिकाले पटकपटक मौखिक तथा लिखित निर्देशन दिँदा पनि निर्माण व्यवसायीले कार्यप्रगतिमा सुधार नगरेको, सन्तोषजनक कार्यसम्पादन हुन नसकेको तथा निर्माण कार्य सम्पन्न गर्नेतर्फ आवश्यक पहल नदेखाएकाले योजना अन्त्य गरिएको हो । 

सार्वजनिक खरिद ऐन, २०६३ तथा ठेक्का सम्झौतामा उल्लेखित व्यवस्थाअनुसार गाउँ कार्यपालिकाको निर्णयबाट ठेक्का अन्त्य गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले सम्बन्धित निर्माण व्यवसायीलाई समेट ठेक्का सम्झौता अन्त्यको जानकारी दिइसकेको छ । 

प्रकाशित मिति : 7:25 pm

ताप्लेजुङमा तीन महिनामै एक करोड बढीको खाद्यान्न बिक्री

ताप्लेजुङ, असोज ३१ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले

फक्ताङलुङमा हिमाली बस्तीमै पुगेर पशु स्वास्थ्य सेवा

ताप्लेजुङ, असोज २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले भौगोलिक रूपमा

रास्वपाले ताप्लेजुङमा एक्सन टिम गठन गर्‍यो

ताप्लेजुङ असोज २७ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङले

कञ्चनजङ्घामा पर्यटकको चहलपहल बढ्यो

ताप्लेजुङ, असोज २७ गते । ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो

पभोग्य वस्तुमा कृत्रिम अभाव र मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

ताप्लेजुङ, असोज २६ गते । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले चाडपर्वलाई