विपद्का घटनाबाट १० जनाको मृत्यु



ताप्लेजुङ, साउन २ गते । ताप्लेजुङमा एक वर्षमा विपद्का घटनामा परी १० जनाको मृत्यु भएको छ । आर्थिक वर्ष २०८२–८३ को एक आर्थिक वर्षको अवधिमा विपद्का घटनामा परी १० जनाको मृत्यु भएको हो ।

जसमा एक आर्थिक वर्षमा ९१ वटा विपद्का घटना भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी यादव भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त घटनाबाट पाँच महिला, चार पुरुष र एक बालिका गरी कुल १० जनाको मृत्यु भएको हो ।

आगलागीका घटनामा परी चार जना, बाढीमा परी दुई जना, पहिरोमा परी दुई जना, चट्याङका कारण एक जना र लेक लागेर एक जनाको ज्यान गएको हो । विपद्का घटनामा परी १६ पुरुष, १० महिला, पाँच बालक र एक बालिका गरी जम्मा ३२ जना घाइते भएको प्रशासन कार्यालयले जनाएको छ ।

यस्तै चार पुरुष र एक बालिका गरी पाँच जना विपद्का घटनाबाट बेपत्ता भएका छन् । विपद्का घटनामा परी २६ वटा घर, तीन वटा उद्योग र नौ वटा पुलमा क्षति पुगेको समेत प्रशासन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : 7:08 pm

ताप्लेजुङ गोल्डकप : उपाधिका लागि सलहेश र पाँचथरको प्रतिस्पर्धा

ताप्लेजुङ, भदौ १८ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप

ताप्लेजुङ गोल्डकप : पाँचथर फाइनलमा प्रवेश

ताप्लेजुङ, भदौ १७ गते । पाँचथरको फिदिम स्पोर्टिङ क्लब अन्तर्राष्ट्रिय

ताप्लेजुङ गोल्डकप : फाइनलका लागि झापा–११ र पाँचथरको प्रतिस्पर्धा

ताप्लेजुङ, भदौ १७ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप

ताप्लेजुङ गोल्डकप : सलहेश फाइनलमा प्रवेश 

ताप्लेजुङ, भदौ १६ गते । सलहेश युवा क्लब सिराहा अन्तर्राष्ट्रिय

ताप्लेजुङ गोल्डकप : पहिलो सेमिफाइनल खेलमा भारत र सलहेशबिचको प्रतिस्पर्धा

ताप्लेजुङ, भदौ १६ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप