विपद्का घटनाबाट १० जनाको मृत्यु



ताप्लेजुङ, साउन २ गते । ताप्लेजुङमा एक वर्षमा विपद्का घटनामा परी १० जनाको मृत्यु भएको छ । आर्थिक वर्ष २०८२–८३ को एक आर्थिक वर्षको अवधिमा विपद्का घटनामा परी १० जनाको मृत्यु भएको हो ।

जसमा एक आर्थिक वर्षमा ९१ वटा विपद्का घटना भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी यादव भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त घटनाबाट पाँच महिला, चार पुरुष र एक बालिका गरी कुल १० जनाको मृत्यु भएको हो ।

आगलागीका घटनामा परी चार जना, बाढीमा परी दुई जना, पहिरोमा परी दुई जना, चट्याङका कारण एक जना र लेक लागेर एक जनाको ज्यान गएको हो । विपद्का घटनामा परी १६ पुरुष, १० महिला, पाँच बालक र एक बालिका गरी जम्मा ३२ जना घाइते भएको प्रशासन कार्यालयले जनाएको छ ।

यस्तै चार पुरुष र एक बालिका गरी पाँच जना विपद्का घटनाबाट बेपत्ता भएका छन् । विपद्का घटनामा परी २६ वटा घर, तीन वटा उद्योग र नौ वटा पुलमा क्षति पुगेको समेत प्रशासन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : 7:08 pm

ताप्लेजुङमा तीन महिनामै एक करोड बढीको खाद्यान्न बिक्री

ताप्लेजुङ, असोज ३१ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले

फक्ताङलुङमा हिमाली बस्तीमै पुगेर पशु स्वास्थ्य सेवा

ताप्लेजुङ, असोज २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले भौगोलिक रूपमा

रास्वपाले ताप्लेजुङमा एक्सन टिम गठन गर्‍यो

ताप्लेजुङ असोज २७ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङले

कञ्चनजङ्घामा पर्यटकको चहलपहल बढ्यो

ताप्लेजुङ, असोज २७ गते । ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो

पभोग्य वस्तुमा कृत्रिम अभाव र मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

ताप्लेजुङ, असोज २६ गते । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले चाडपर्वलाई