ताप्लेजुङ गोल्ड कपको चौथो संस्करण भदौ १२ बाट, कुन – कुन टिम सहभागी हुँदैछन् ? 



ताप्लेजुङ , साउन २ गते । अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड कपको चौथो संस्करण आगामी भदौ १२ गतेबाट सुरु हुने भएको छ । हरेक वर्ष लाखेजात्राको अवसरमा सञ्चालन हुँदै आएको प्रतियोगिता यस वर्ष पनि भदौ १२ गतेबाट १९ गतेसम्म सञ्चालन हुने भएको हो ।

शनिबार पत्रकार सम्मेलनको आयोजना गरी गोल्ड कपको आवश्यक तयारी सुरु भइसकेको जानकारी गराइएको छ । लाखेजात्रा सञ्चालन समितिको आयोजना सञ्चालन हुने गोल्ड कपमा प्रतिष्ठित क्लबहरूको सहभागिता रहने सञ्चालन समितिका अध्यक्ष सागर मादेनले जानकारी दिनुभयो । उहाँका अनुसार ताप्लेजुङको प्रतिनिधित्व गर्ने एक टिम सहित जम्मा ८ टिमको सहभागिता रहनेछ ।

जसमा अहिलेसम्म तेस्रो संस्करणका विजेता सहलेश युवा क्लब सिराहा, फिदिम स्पोर्टीङ क्लब पाँचथर, झापा–११ फुटबल क्लब, चित्लाङ एफसी काठमाडौँ, सातदोबाटो युथ क्लबको टुङ्गो लागिसकेको छ । अन्य टिमको टुङ्गो भने एक हप्ता भित्र लाग्ने अध्यक्ष मादेनले जानकारी दिनुभयो ।

यस्तै यो वर्ष पुरस्कार राशि पनि बढाउने तयारीमा रहेको सञ्चालन समितिका कोषध्यक्ष दावा शेर्पाले बताउनुभयो । उहाँका अनुसार तग वर्ष गोल्डकपको विजेताले नगद सात लाख दुई हजार ८२ रुपियाँ र उपविजेताले तीन लाख ५० हजार ८२ रुपियाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए ।

ताप्लेजुङ गोल्डकप समग्र जिल्लाको पर्यटन प्रवर्द्धनका लागि सञ्चालन गरिने भएकाले यस वर्षको खेल तालिका भने पर्यटकीय क्षेत्र समुद्री सतहदेखि करिब पाँच हजार ३०० मिटर उचाइमा अवस्थित फक्ताङलुङ गाउँपालिका–७, मा रहेको स्याम्दो पोखरी मार्फत गरिने अध्यक्ष मादेनको भनाई छ । गत वर्ष भने प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरबाट गरिएको थियो ।

गोल्ड कप सञ्चालनका लागि ९९ सय लाख लागत लाग्ने अनुमान गरिएको आयोजक लाखेजात्रा सञ्चालन समितिले जनाएको छ ।

प्रकाशित मिति : 11:30 am

सिदिङवा गाउँपालिकालाई केन्जोको राजधानी दाबी गर्ने

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाको १९३ औँ

बेपत्ता भएको छ दिनपछि महिला मृत फेला

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ निगुरादिनकी

अमिर राई सिदिङवाको पर्यटन दूत घोषित

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाले पर्यटन व्यवसायी

तिम्बुङ पोखरी ट्रेल रनमा दुई पत्रकार पुरस्कृत

ताप्लेजुङ, भदौ २६ गते । तिम्बुङ पोखरी अन्तर्राष्ट्रिय ट्रेल रन

तिम्बुङ अन्तर्राष्ट्रिय ट्रेल रनमा सञ्जय राई प्रथम

ताप्लेजुङ, भदौ २६ गते । तेस्रो अन्तर्राष्ट्रिय तिम्बुङ ट्रेल रन