सिदिङ्वा गाउँपालिका–२ सादेवाको सार्वजनिक सुनुवाइ आज 



ताप्लेजुङ, असार २७ गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले आज चालु आर्थिक वर्ष २०८२–८३ को अन्तिम चौमासिक अवधिको सार्वजनिक सुनुवाइ गर्ने भएको छ ।

गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत प्रमेश सिवाका अनुसार सार्वजनिक सुनुवाई सिदिङ्वा–२ सादेवास्थित वडा कार्यालयमा आयोजना गरिने भएको हो । सिदिङ्वा–६ मेहेलेमा यस अघि नै सार्वजनिक सुनुवाइ गरिसकेको छ ।

गाउँपालिका अध्यक्ष मानबहादुर राई, उपाध्यक्ष कृष्णकुमारी कडरिया (बन्दना), प्रमुख प्रशासकीय अधिकृत सिवा, पालिकाका वडाध्यक्षहरू, विषयगत शाखाका प्रमुखहरू र पालिका मातहतका निकायका प्रमुखहरूले जनताले उठाएका सवाल, राखेका गुनासाहरूको जवाफ दिने गरी सार्वजनिक सुनुवाइ कार्यक्रमको आयोजना गरिएको पालिकाका प्रशासन शाखा प्रमुख तीवेन्द्र अधिकारीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : 6:14 am

ताप्लेजुङ गोल्डकप : उपाधिका लागि सलहेश र पाँचथरको प्रतिस्पर्धा

ताप्लेजुङ, भदौ १८ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप

ताप्लेजुङ गोल्डकप : पाँचथर फाइनलमा प्रवेश

ताप्लेजुङ, भदौ १७ गते । पाँचथरको फिदिम स्पोर्टिङ क्लब अन्तर्राष्ट्रिय

ताप्लेजुङ गोल्डकप : फाइनलका लागि झापा–११ र पाँचथरको प्रतिस्पर्धा

ताप्लेजुङ, भदौ १७ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप

ताप्लेजुङ गोल्डकप : सलहेश फाइनलमा प्रवेश 

ताप्लेजुङ, भदौ १६ गते । सलहेश युवा क्लब सिराहा अन्तर्राष्ट्रिय

ताप्लेजुङ गोल्डकप : पहिलो सेमिफाइनल खेलमा भारत र सलहेशबिचको प्रतिस्पर्धा

ताप्लेजुङ, भदौ १६ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप