दोस्रो कञ्चनजङ्घा साहसिक म्यारथन प्रतियोगिता हुने 



ताप्लेजुङ, जेठ १० गते । दोस्रो कञ्चनजङ्घा साहसिक म्यारथन प्रतियोगिता हुने भएको छ । आगामी जेठ १५ देखि १७ गतेसम्म हुने दोस्रो सिरिजङ्घा महोत्सवको अवसरमा साहसिक म्याराथन प्रतियोगिता हुने भएको हो । 

सिरिजङ्घा गाउँपालिकाको आर्थिक व्यवस्थापन तथा सिनाम युनाइटेड खेलकुद तथा सांस्कृतिक क्लबको आयोजनामा तीन दिने महोत्सव सञ्चालन गर्न लागिएको क्लबका सचिव नरेश गुरुङले जानकार दिनुभयो । उहाँका अनुसार विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजङ्घा हिमाल को प्रचारप्रसार तथा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो ।
सोही अवसरमा साहसिक म्याराथन प्रतियोगिता पनि हुने भएको हो । ४२ किलोमिटर दूरीको म्याराथन सिरिजङ्घा गाउँपालिको यम्फुदिनस्थित छुमादिनदेखि चार हजार २०० मिटर उचाइको दुन्दुडाँडासम्म पुगेर पुनः छुमादिनमै आएर समाप्त हुनेछ । प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय धावकहरूको सहभागिताका लागि सम्पर्क भइरहेको उहाँले बताउनुभयो । 

म्याराथन विजेताले ११६ तोला चाँदीजडित रनिङ ट्रफीसहित एक लाख आठ हजार ५ सय ८६ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । दोस्रो र तेस्रो हुनेले क्रमशः ५८ हजार ५ सय ८६ र २८ हजार ५ सय ८६ रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ । महोत्सव सञ्चालनका लागि करिब ३० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । गाउँपालिकाले १६ लाख रुपैयाँ बजेट विनियोजन गरेको र अन्य सहयोगी संस्था तथा दाताको सहकार्यमा महोत्सव सम्पन्न गरिने जनाइएको छ ।

गत वर्ष सिरिजङ्घा गाउँपालिकाको आयोजनामा उक्त महोत्सव सञ्चालन भएको थियो । पहिलो कञ्चनजङ्घा साहसिक म्याराथन प्रतियोगिताको उपाधि सोलुखुम्बूका अर्जुन कुलुङ राईले हात पार्नुभएको थियो । यस्तै जुम्लाका धिरज बहादुर बूढा दोस्रो र ताप्लेजुङका बिबिसन लिम्बू तृतीय बन्नुभएको थियो ।

प्रकाशित मिति : 6:12 am

आठराई त्रिवेणी गाउँपालिका–५ मा नवनिर्मित बर्थिङ सेन्टर उद्घाटन

ताप्लेजुङ, असार २१ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–५ दोभानस्थित

आइएमई लाइफ इन्स्योरेन्सद्धारा ताप्लेजुङका समता विद्यालयलाई १ लाख आर्थिक सहयोग

ताप्लेजुङ, साउन २१ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एक

फुङलिङ नगरपालिकाले ८ वटा वडाको सार्वजनिक सुनुवाइ कार्यक्रम गर्ने

ताप्लेजुङ, असार १७ गते । ताप्लेजुङको फुङलिङ नगरपालिकाले सार्वजनिक कार्यक्रम

फुङलिङ–६ को वडा कार्यालय भवन उद्‌घाटन

ताप्लेजुङ, असार १७ गते । ताप्लेजुङको फुङलिङ नगरपालिका ६ नम्बर