ताप्लेजुङको आठराई त्रिवेणीमा साताको एक दिन मात्र बिदा



ताप्लेजुङ, चैत २६ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले सातामा एक दिन शनिबार मात्र सार्वजनिक बिदा दिने भएको छ । गाउँपालिकाका अध्यक्ष दिपेन्द्र पोमू (दिपेन) का अनुसार गाउँपालिकामा शनिबार मात्र सार्वजनिक बिदा हुनेछ भने आइतबारदेखि शुक्रबारसम्म नियमित रूपमा कार्यालय सञ्चालन हुनेछ ।

अध्यक्ष पोमूले जानकारी दिनुहुँदै सरकारी कार्यालयहरू प्रायः बिदाका कारण सेवाग्राहीले समस्या भोग्नुपरेको भन्दै त्यसलाई न्यूनीकरण गर्न यस्तो निर्णय गरिएको बताउनुभयो । उहाँका अनुसार कार्यालय समय बिहान १० बजेदेखि साँझ ५ बजेसम्म यथावत रहनेछ ।

त्यसैगरी, अत्यावश्यक कामका लागि बिदाको दिनमा समेत कार्यालय सञ्चालन गर्नुपर्ने अवस्था आएमा कर्मचारीलाई अतिरिक्त प्रोत्साहन (इन्सेन्टिभ) उपलब्ध गराएर सेवा निरन्तरता दिइने व्यवस्था गरिएको छ। यसले सेवाग्राहीलाई सहज रूपमा सेवा प्राप्त गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।

यस अघि नेपाल सरकारले कार्यालय समय बिहान ९ बजेदेखि साँझ ५ बजे सम्म कायम गर्दै सातामा दुई दिन शनिबार र आइतबार बिदा दिने निर्णय गरेको थियो । तर, आठराई त्रिवेणी गाउँपालिकाले भने सातामा एक दिन शनिबार मात्र बिदा दिने भएको हो ।

प्रकाशित मिति : 4:41 pm

फुङलिङमा आधारभुत जीवन रक्षा र आपत्तकालीन गम्भिर हेरचाह तथा प्राथमिक उपचार सम्बन्धि तालिम सम्पन्न

ताप्लेजुङ, जेठ १० गते । ताप्लेजुङको फुङलिङ नगरपालिकामा आधारभुत जीवन

“मुक्कुम्लुङ क्षेत्रमा केबलकार खारेजी” सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

ताप्लेजुङ, जेठ १० गते । ताप्लेजुङको मुक्कुम्लुङ क्षेत्रमा केबलकार निर्माणको

दोस्रो कञ्चनजङ्घा साहसिक म्यारथन प्रतियोगिता हुने 

ताप्लेजुङ, जेठ १० गते । दोस्रो कञ्चनजङ्घा साहसिक म्यारथन प्रतियोगिता

ताप्लेजुङका ९ उत्कृष्ट कृषक सम्मानित 

ताप्लेजुङ, जेठ ८ गते । ताप्लेजुङका ९ जना उत्कृष्ट कृषकलाई