ताप्लेजुङमा कोशी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगितामा सुरु



ताप्लेजुङ, चैत २६ गते । ताप्लेजुङमा कोशी प्रदेश स्तरीय छैटौँ मेयर कप ब्याडमिन्टन प्रतियोगितामा सुरु भएको छ । प्रतियोगिता फुङलिङ नगरपालिका ६ मा रहेको इन्द्रेणी ब्याडमिन्टन हलमा बिहीबारबाट प्रतियोगिता सुरु भएको हो । 

जिल्ला ब्याडमिन्टन सङ्घ ताप्लेजुङको आयोजना तथा फुङलिङ नगरपालिकाको आर्थिक सहयोगमा प्रतियोगिता सुरु भएको छ । फुङलिङ नगरपालिकाका उपप्रमुख भिमादेवी ओझाको प्रमुख आतिथ्यमा बिहीबार बाट सुरु भएको प्रतियोगिताको फाइनल शनिबार हुनेछ । प्रतियोगितामा ५ विधाका प्रतिष्पर्धा रहने सङ्घका अध्यक्ष सुरेश सिङ्घक लिम्बूले जानकारी दिनुभयो । 

उहाँका अनुसार प्रदेश स्तरीय मेन्स सिङगल, प्रदेश स्तरीय खुल्ला मिक्स डबल, जिल्ला स्तरीय बी लेभल मेन्स डबल, भेट्रान्स डबल, १५ वर्षमुनिको छात्रछात्रा तथा जनपद र कर्मचारीबीच विधाका प्रतिष्पर्धा रहने छन् । प्रतियोगितामा कोशी प्रदेशका १४ ओटा जिल्लाका उत्कृष्ट खेलाडीका सहभागिता रहेको सङ्घका अध्यक्ष लिम्बूले बताउनुभयो । जिल्लाका उदयमान खेलाडीलाई प्रोत्साहन तथा सिकाइका लागि कोशी प्रदेशका उत्कृष्ट खेलाडीलाई आमन्त्रण गरि प्रतियोगिता सञ्चालन गरिएको सङ्घले जनाएको छ । 

सङ्घका अनुसार प्रदेश स्तरीय मेन्स सिङगलतर्फका प्रथमले २५ हजार, द्वीतियले २० हजार र तृतीयले ५ हजार रुपियाँसहित ट्रफी, मेडल प्रमाण पत्र प्राप्त गर्नेछन् । त्यस्तै प्रदेश स्तरीय खुल्ला मिक्स डबलतर्फका प्रथमले २० हजार, दोश्रोले १५ हजार र तेश्रोले ५ हजार रुपियाँ प्राप्त गर्ने भएका छन् । 

जिल्ला स्तरीय बी लेभल मेन्स डबल, भेट्रान्स डबल र जनपद र कर्मचारीबीचको विजेता र उपविजेताले समान १५ हजार र १० हजार रुपियाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । १५ वर्षमुनिको छात्रछात्राका विजेतालाई प्रोत्साहन स्वरुप ६ हजार र उपविजेतालाई चार हजार रुपियाँ प्रदान गर्ने बताइएको छ । 

प्रकाशित मिति : 4:28 pm

फुङलिङमा आधारभुत जीवन रक्षा र आपत्तकालीन गम्भिर हेरचाह तथा प्राथमिक उपचार सम्बन्धि तालिम सम्पन्न

ताप्लेजुङ, जेठ १० गते । ताप्लेजुङको फुङलिङ नगरपालिकामा आधारभुत जीवन

“मुक्कुम्लुङ क्षेत्रमा केबलकार खारेजी” सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

ताप्लेजुङ, जेठ १० गते । ताप्लेजुङको मुक्कुम्लुङ क्षेत्रमा केबलकार निर्माणको

दोस्रो कञ्चनजङ्घा साहसिक म्यारथन प्रतियोगिता हुने 

ताप्लेजुङ, जेठ १० गते । दोस्रो कञ्चनजङ्घा साहसिक म्यारथन प्रतियोगिता

ताप्लेजुङका ९ उत्कृष्ट कृषक सम्मानित 

ताप्लेजुङ, जेठ ८ गते । ताप्लेजुङका ९ जना उत्कृष्ट कृषकलाई