मेरिङ्देन गाउँपालिकाले स्नातक तह अध्ययन गर्ने विद्यार्थीको शुल्क तिरिदिने 



ताप्लेजुङ, चैत १८ गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाले उच्च शिक्षा (स्नातक तह) अध्ययन गर्ने विद्यार्थीको शुल्क तिरिदिने भएको छ । पालिकाभित्रका स्नातक तह अध्ययन गर्दै विद्यार्थीको क्याम्पसलाई बुझाउनुपर्ने शुल्क गाउँपालिकाले तिरिदिने भएको हो ।

मेरिङ्देन गाउँपालिकाले ‘स्नातक तहमा अध्ययन गर्ने विद्यार्थीका लागि छात्रवृत्ति कार्यक्रम’ मार्फत स्नातक हत अध्ययन गर्दै आएको विद्यार्थीको क्याम्पस शुल्क तिरिदिने भएको हो । मेरिङ्देन गाउँपालिकाभित्र स्थायी ठेगाना भई जिल्लाकै पाथीभरा बहुमुखी क्याम्पसमा स्नातक तह अध्ययन गर्ने विद्यार्थीको शुल्क गाउँपालिकाले तिर्ने भएको हो ।

स्नातक तहमा अध्ययन गर्ने विद्यार्थीको शुल्क तिरिदिने भएसँगै छात्रवृत्ति कार्यक्रम कार्यान्वयन गर्न गाउँपालिका र पाथीभरा बहुमुखी क्याम्पसबीच बुधबार बिहान सम्झौता भएको छ । शैक्षिक स्तर अभिवृद्धि गर्ने गाउँपालिकाको योजनाअनुसार छात्रवृत्ति कार्यक्रममार्फत स्नातक तह अध्ययन गर्ने विद्यार्थीको शुल्क तिरिदिने गरी गाउँपालिका र क्याम्पसबीच सम्झौता भएको हो ।

द्विपक्षीय सम्झौता पत्रमा मेरिङ्देन गाउँपालिकाका तर्फबाट अध्यक्ष युकहाङबिर हाङ्गाम (डम्बर) र निमित्त प्रमुख प्रशासकीय अधिकृत उदयकुमार यादवले हस्ताक्षर गर्नुभएको छ । त्यस्तै क्याम्पसका तर्फबाट पाथीभरा बहुमुखी क्याम्पस व्यवस्थापन समिति अध्यक्ष शिला इजम र क्याम्पस प्रमुख सजन पौडेलले हस्ताक्षर गर्नुभएको छ ।

छात्रवृत्ति कार्यक्रम कार्यान्वयन सम्झौताअनुसार चालु आर्थिक वर्षमा स्नातक तहको सबै सङ्काय र सबै वर्ष ९सेमेस्टार० मा अध्ययन गर्ने विद्यार्थीको शुल्क गाउँपालिकाले तिर्ने छ । क्याम्पसले उपलब्ध गराएको विवरणका आधारमा स्नातक तह अध्ययन गर्दा लाग्ने शुल्क गाउँपालिकाले एकमुष्ट भुक्तानी दिने सम्झौता पत्रमा उल्लेख गरिएको छ । 

प्रकाशित मिति : 5:49 pm

मेरिङ्देन गाउँपालिकाले स्नातक तह अध्ययन गर्ने विद्यार्थीको शुल्क तिरिदिने 

ताप्लेजुङ, चैत १८ गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाले उच्च शिक्षा

पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

ताप्लेजुङ, चैत १४ गते । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ

पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ

ताप्लेजुङ, चैत १४ गते । पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

ताप्लेजुङ, चैत १३ गते । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र

सांसद थेबेले पहिलो महिनाको पारिश्रमिक आगेपा आधारभूत विद्यालयलाई प्रदान गर्ने

ताप्लेजुङ, चैत १३ गते । ताप्लेजुङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य क्षितिज