ताप्लेजुङमा पत्रकारलाई आचारसंहिता तालिम 



सौगात विष्ट
ताप्लेजुङ, फागुन १४ गते ।
ताप्लेजुङमा पत्रकार आचारसंहिता तथा निर्वाचन आचारसंहिता सम्बन्धी एक दिने तालिम सम्पन्न भएको छ । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचन लक्षित एक दिने तालिम सम्पन्न भएको हो । 

कोशी सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोग र नेपाल पत्रकार महासङ्घ कोशी प्रदेश समितिको सहकार्य तथा पत्रकार महासङ्घ ताप्लेजुङको आयोजनामा बुधबार तालिम सम्पन्न भएको छ । तालिममा निर्वाचनमा पालना गर्नुपर्ने आचारसंहिता, सत्य–तथ्य र निष्पक्षता, पत्रकारिताको प्रतिबद्धताका विषय प्रस्तुत गरिएको थियो । 

नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशले विराटनगरमा सञ्चालन गरेको दुई दिने पत्रकार आचारसंहिता तथा निर्वाचन आचारसंहिता तालिममा सहभागी हुनुभएका पत्रकार महासङ्घ ताप्लेजुङका सचिवद्वय साहारा लङ्वा र मनु माबोले कार्यक्रमको सहजिकरण गर्नुभएको थियो । तालिममा जिल्लाका २३ जना पत्रकारको सहभागिता रहेको थियो । 

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ ताप्लेजुङका निवर्तमान अध्यक्ष आनन्द गौतमले निर्वाचनमा प्रविधिको सही सदुपयोग गरि सञ्चारकर्मीहरूले समाचार सम्प्रेषण गर्दा मिथ्या सूचना वा दुष्प्रचार गर्न नहुने विषय उल्लेख गर्नुभयो । यस्तै तालिमा आफ्नो भनाई राख्नु हुँदै पूर्व अध्यक्ष खगेन्द्र अधिकारीले सञ्चारकर्मीहरू आचारसंहितामा पूर्ण प्रतिबद्धता हुनुपर्ने साथै अरुलाई समेत आचारसंहितामा खबरदारी गर्नुपर्ने बताउनुभयो । 

 

प्रकाशित मिति : 6:56 am

ताप्लेजुङमा तीन महिनामै एक करोड बढीको खाद्यान्न बिक्री

ताप्लेजुङ, असोज ३१ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले

फक्ताङलुङमा हिमाली बस्तीमै पुगेर पशु स्वास्थ्य सेवा

ताप्लेजुङ, असोज २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले भौगोलिक रूपमा

रास्वपाले ताप्लेजुङमा एक्सन टिम गठन गर्‍यो

ताप्लेजुङ असोज २७ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङले

कञ्चनजङ्घामा पर्यटकको चहलपहल बढ्यो

ताप्लेजुङ, असोज २७ गते । ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो

पभोग्य वस्तुमा कृत्रिम अभाव र मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

ताप्लेजुङ, असोज २६ गते । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले चाडपर्वलाई