ताप्लेजुङमा पत्रकारलाई आचारसंहिता तालिम 



सौगात विष्ट
ताप्लेजुङ, फागुन १४ गते ।
ताप्लेजुङमा पत्रकार आचारसंहिता तथा निर्वाचन आचारसंहिता सम्बन्धी एक दिने तालिम सम्पन्न भएको छ । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचन लक्षित एक दिने तालिम सम्पन्न भएको हो । 

कोशी सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोग र नेपाल पत्रकार महासङ्घ कोशी प्रदेश समितिको सहकार्य तथा पत्रकार महासङ्घ ताप्लेजुङको आयोजनामा बुधबार तालिम सम्पन्न भएको छ । तालिममा निर्वाचनमा पालना गर्नुपर्ने आचारसंहिता, सत्य–तथ्य र निष्पक्षता, पत्रकारिताको प्रतिबद्धताका विषय प्रस्तुत गरिएको थियो । 

नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशले विराटनगरमा सञ्चालन गरेको दुई दिने पत्रकार आचारसंहिता तथा निर्वाचन आचारसंहिता तालिममा सहभागी हुनुभएका पत्रकार महासङ्घ ताप्लेजुङका सचिवद्वय साहारा लङ्वा र मनु माबोले कार्यक्रमको सहजिकरण गर्नुभएको थियो । तालिममा जिल्लाका २३ जना पत्रकारको सहभागिता रहेको थियो । 

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ ताप्लेजुङका निवर्तमान अध्यक्ष आनन्द गौतमले निर्वाचनमा प्रविधिको सही सदुपयोग गरि सञ्चारकर्मीहरूले समाचार सम्प्रेषण गर्दा मिथ्या सूचना वा दुष्प्रचार गर्न नहुने विषय उल्लेख गर्नुभयो । यस्तै तालिमा आफ्नो भनाई राख्नु हुँदै पूर्व अध्यक्ष खगेन्द्र अधिकारीले सञ्चारकर्मीहरू आचारसंहितामा पूर्ण प्रतिबद्धता हुनुपर्ने साथै अरुलाई समेत आचारसंहितामा खबरदारी गर्नुपर्ने बताउनुभयो । 

 

प्रकाशित मिति : 6:56 am

रास्वपा ताप्लेजुङको संगठन विस्तार तीव्र, फुङलिङ नगर सभापतिमा युवराज बराल

ताप्लेजुङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेपालले आसन्न महाधिवेशनलाई लक्षित

शान्ति सुरक्षा थप सुदृढ बनाइने डिएसपी जोशीको भनाई

ताप्लेजुङ, जेठ १५ गते । ताप्लेजुङका नयाँ प्रहरी प्रमुख (डिएसपी)

ताप्लेजुङमा गरियो नमुना विपद् अभ्यास प्रदर्शन

ताप्लेजुङ, जेठ १५ गते । ताप्लेजुङमा नमुना विपद् अभ्यास प्रदर्शन

भलिबल प्रतियोगिताका विजेतालाई मेरिङदेनको सम्मान 

ताप्लेजुङ, जेठ १४ गते । मेरिङदेन गाउँपालिकाले बुद्धरानी अन्तरपालिका स्तरीय

नेपाल पत्रकार महासङ्घ ताप्लेजुङ शाखाको १२ औं साधारण सभा सम्पन्न

ताप्लेजुङ, जेठ १२ गते । नेपाल पत्रकार महासङ्घ ताप्लेजुङ शाखाको