प्रथम सहिद कप : सिरिजङ्गा र सिदिङ्वा फाइनलमा प्रवेश



ताप्लेजुङ, माघ २० गते । सिरिजङ्गा गाउँपालिका र सिदिङ्वा गाउँपालिका प्रथम शहीद कपको फाइनलमा प्रवेश गरेका छन् । मङ्गलबार भएको पहिलो सेमिफाइनल खेलमा मिक्वाखोला गाउँपालिकालाई ट्राइबेकरमा ३–१ गोल अन्तरले पराजित गर्दै सिरिजङ्गा गाउँपालिका फाइनलमा प्रवेश गरेको हो । निर्धारित समयमा दुबै टिमबाट गोल हुन नसकेपछि नतिजा ट्राइबेकरबाट निकालिएको हो । 

उक्त खेलको म्यान अफ द  म्याच सिरिजङ्गा गाउँपालिकाका गोल किपर बिमल लिम्बू घोषित हुँदै नगद १ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नुभयो ।  त्यस्तै मङ्गलबार नै भएको अन्तिम सेमिफाइनल खेलमा फक्ताङलुङ गाउँपालिकालाई ट्राइबेकरमा नै ६–५ गोल अन्तरले पराजित गर्दै सिदिङ्वा गाउँपालिका फाइनलमा प्रवेश गरेको छ । निर्धारित समयमा दुबै टिमबाट कुनै पनि गोल नभएपछि खेल ट्राइबेकरतर्फ धकेलिएको थियो । 

उक्त खेलको म्यान अफ द म्याच सिदिङ्वाका गोल किपर बिपिन फोम्बो घोषित हुँदै नगद एक हजार सहित पुरस्कृत हुनुभयो । यो सँगै अब बुधबार हुने फाइनल खेलमा सिदिङ्वा गाउँपालिका र सिरिजङ्गा गाउँपालिका बिच प्रतिस्पर्धा हुनेछ । शहीद दिवसको अवसरमा माघ १६ गतेदेखी योङ कम्युनिष्ट लिग (वाईसिएल) मिक्वाखोला गाउँपालिकाको आयोजनामा भैइरहेको अन्तरपालिका स्तरीय पुरुष फुटबल प्रतियोगिताको विजेता हुने टिमले १ लाख ५१ हजार १ सय ११ रुपैयाँ र उपविजेता हुने टिमले १ लाख १ सय ११ रुपैयाँका साथमा ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ ।  

१० वर्षे जनयुद्धका ताप्लेजुङ जिल्लाको पहिलो सहिद नरेन्द्र थलङ (सिङमान) र मिक्वाखोला गाउँपालिकाका सहिदहरूको स्मरण तथा सम्झाना स्वरूप साथै खेलकुदको माध्यमद्वारा पालिकाको पर्यटकीय क्षेत्रलाई समेत टेवा पुर्‍याउने उद्देश्यले प्रतियोगिता सञ्चालन गरिएको वाईसीएल मिक्वाखोला अध्यक्ष सुजन साँबाले बताउनुभयो । प्रतियोगितामा जिल्लाका ८ वटा टिमको सहभागिता रहेको खेल संयोजक रणध्वज थलङले बताउनुभयो ।

प्रकाशित मिति : 9:17 pm

मेरिङदेनमा विशेष संरक्षण आवश्यक बालबालिकालाई शैक्षिक प्रोत्साहन भत्ता वितरण

ताप्लेजुङ, असार ११ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले आमा–बाबु गुमाएका

ताप्लेजुङका जेहनदार विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

ताप्लेजुङ, असार ११ गते । ताप्लेजुङका जेहनदार विद्यार्थीलाई शैक्षिक सामाग्री

मिक्वाखोलाको बजेट ४६ करोड ३३ लाख

ताप्लेजुङ, असार ११ गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले ४६ करोड

पाथीभरा याङवरकको बजेट ५२ करोड ८० लाख

ताप्लेजुङ, असार ११ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले ५२

फक्ताङलुङको बजेट ५८ करोड ५५ लाख बढी, खेलाडी र पर्वतारोही सम्मानित

ताप्लेजुङ, असार १० गते । फक्ताङलुङ गाउँपालिकाले ५८ करोड ५५