प्रथम लिङ्तेप गोल्डकपको उपाधि पाँचथरलाई



 ताप्लेजुङ, माघ १३ गते । प्रथम लिङ्तेप गोल्डकपको उपाधि कुम्मायक कुसायक पाँचथरले हात पारेको छ । मङ्गलबार भएको फाइनल खेलमा साथीभाइ सामाजिक युवा क्लब फुङलिङलाई ४–२ गोल अन्तरले पराजित गर्दै पाँचथरले उपाधि हात पारेको हो । 

उपाधि सँगै पाँचथरले नगद तीन लाख दुई हजार ८२ रुपियाँसहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । यस्तै दोस्रो हुन सफल साथीभाइले नगद एक लाख ५२ हजार ८२ रुपियाँसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउनु परेको छ । बसन्त पञ्चमीको अवसरमा प्रगतिशील युवा क्लबको आयोजनामा सञ्चालित गोल्ड कप अनतरगतको फाइनल खेलमा म्यान अफ दि म्याच पाँचथरका सुशील लावती हुनुभयो । उहाँलाई नगद दुई हजार रुपियाँले पुरस्कृत गरिएको छ । 

यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडी साथीभाइका जमिन लक्सम हुनुभएको छ । उहाँलाई नगद आठ हजार रुपियाँ प्रदान गरिएको छ । प्रतियोगिताको उत्कृष्ट गोल किपर पाँचथरका रोचक लावती, उत्कृष्ट डिफेन्डर साथीभाइका धर्मेन्द्र मगर र सर्वाधिक गोलकर्ता पाँचथरका लोकेन्द्र थापा हुनुभएको छ । उहाँहरूलाई जनही नगद चार/चार हजार रुपियाँ प्रदान गरिएको खेल संयोजक विश्व नाल्बोले बताउनुभयो । 

सोमबार भएको सेमिफाइनल खेलमा साथीभाइले लालिमा युवा क्लब ढुङ्गोसाँघुलाई ३–० गोल अन्तर र कुम्मायक कुसायकले प्रगतिशील युवा क्लब आयोजक रातोलाई २–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । फुटबलको माध्यमबाट मेरिङदेनमा रहेका पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्ने उद्देश्यले गोल्डकपको आयोजना गरिएको प्रगतिशील युवा क्लबका अध्यक्ष विजय हाङ्गामले जानकारी दिनुभयो । 

गत माघ ९ गते बसन्त पञ्चमीको दिनदेखि सुरु भएको गोल्डकप मङ्गलबार सम्पन्न भएको हो । 

प्रकाशित मिति : 8:19 pm

प्रथम कुलकर्ण महिला फुटसलको उपाधि वीरेन्द्रलाई

ताप्लेजुङ, भदौ २८ गते । हरितालिका तीजको अवसरमा ताप्लेजुङमा आयोजित

सिदिङवा गाउँपालिकालाई केन्जोको राजधानी दाबी गर्ने

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाको १९३ औँ

बेपत्ता भएको छ दिनपछि महिला मृत फेला

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ निगुरादिनकी

अमिर राई सिदिङवाको पर्यटन दूत घोषित

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाले पर्यटन व्यवसायी

तिम्बुङ पोखरी ट्रेल रनमा दुई पत्रकार पुरस्कृत

ताप्लेजुङ, भदौ २६ गते । तिम्बुङ पोखरी अन्तर्राष्ट्रिय ट्रेल रन