आगामी माघ २५ गतेदेखि नाल्बुमा पुरुष तथा महिला फुटबल प्रतियोगिता सञ्चालन हुने 



ताप्लेजुङ, माघ १० गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–६ नाल्बुमा पुरुष तथा महिला फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । आगामी माघ २५ गतेदेखि स्वा.सुक बहादुर नाल्बो स्मृति खेल मैदानमा प्रतियोगिता सञ्चालन हुने भएको हो ।

नाल्बो लिम्बू समाज मेरिङदेन–६ नाल्बुको आयोजनामा सञ्चालन हुन लागेको उक्त प्रतियोगिता अन्तरगत पुरुष फुटबलमा प्रथम हुने टिमले नगद दुई लाख १ हजार १११ रुपियाँसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् । यस्तै दोस्रो हुने टिमले नगद एक लाख १ हजार १११ रुपियाँसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजक नाल्बो लिम्बू समाजका सचिव योगेन नाल्बोले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार महिला तर्फ प्रथम हुनेले नगद ५१ हजार रुपियाँसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्दा दोस्रो हुने टिमले नगद ३१ हजार रुपियाँसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ । साथै फुटबल प्रतियोगिता सँगै विविध सांस्कृतिक कार्यक्रम पनि सञ्चालन हुने आयोजकको भनाई छ । 

प्रकाशित मिति : 6:02 pm

प्रथम लिङ्तेप गोल्डकप : आयोजक रातो सेमिफाइनलमा प्रवेश 

ताप्लेजुङ, पुस १० गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–४ लिड्तेपमा जारी

आगामी माघ २५ गतेदेखि नाल्बुमा पुरुष तथा महिला फुटबल प्रतियोगिता सञ्चालन हुने 

ताप्लेजुङ, माघ १० गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–६ नाल्बुमा पुरुष

आठराई त्रिवेणी गाउँपालिकाको नवनिर्मित भवनबाट सेवा सुचारु

ताप्लेजुङ, माघ १० गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले नवनिर्मित

प्रथम लिङ्तेप गोल्डकप : आयोजक र मानाभारा भिड्दै 

ताप्लेजुङ, पुस १० गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–४ लिड्तेपमा जारी

प्रथम शहिद कप माघ १६ गतेदेखी हुने

ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा प्रथम सहिद कप हुने भएको