आगामी माघ २५ गतेदेखि नाल्बुमा पुरुष तथा महिला फुटबल प्रतियोगिता सञ्चालन हुने 



ताप्लेजुङ, माघ १० गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–६ नाल्बुमा पुरुष तथा महिला फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । आगामी माघ २५ गतेदेखि स्वा.सुक बहादुर नाल्बो स्मृति खेल मैदानमा प्रतियोगिता सञ्चालन हुने भएको हो ।

नाल्बो लिम्बू समाज मेरिङदेन–६ नाल्बुको आयोजनामा सञ्चालन हुन लागेको उक्त प्रतियोगिता अन्तरगत पुरुष फुटबलमा प्रथम हुने टिमले नगद दुई लाख १ हजार १११ रुपियाँसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् । यस्तै दोस्रो हुने टिमले नगद एक लाख १ हजार १११ रुपियाँसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजक नाल्बो लिम्बू समाजका सचिव योगेन नाल्बोले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार महिला तर्फ प्रथम हुनेले नगद ५१ हजार रुपियाँसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्दा दोस्रो हुने टिमले नगद ३१ हजार रुपियाँसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ । साथै फुटबल प्रतियोगिता सँगै विविध सांस्कृतिक कार्यक्रम पनि सञ्चालन हुने आयोजकको भनाई छ । 

प्रकाशित मिति : 6:02 pm

विज्ञान पढ्ने विद्यार्थीलाई पाथीभरा याङवरकले छात्रवृत्ति दिने

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले गाउँपालिका

सिदिङ्वा गाउँपालिकाले एमबीबीएस अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले गाउँपालिका क्षेत्रभित्रका

फक्ताङ्लुङ गाउँपालिकाले माग्यो जलविद्युत् आयोजनासँग विवरण

ताप्लेजुङ, असोज १ गते । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले गाउँपालिकाभित्र सञ्चालित

फक्ताङलुङले राहत कोषमा २६ लाख जम्मा गर्ने

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले प्रधानमन्त्री दैवी

पाथीभरा याङ्वरकद्धारा एमबीबीएस अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति

सौगात विष्ट ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको पाथीभरा याङ्वरक