प्रथम लिङ्तेप गोल्डकप : आयोजक र मानाभारा भिड्दै 



ताप्लेजुङ, पुस १० गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–४ लिड्तेपमा जारी प्रथम लिङ्तेप आमन्त्रित गोल्डकपमा आज आयोजक रातो र मानाभारा युथ स्पोर्टिङ क्लब बिच प्रतिस्पर्धा हुँदै छ । बसन्त पञ्चमीको अवसरमा प्रगतिशील युवा क्लबको आयोजनामा सञ्चालित गोल्ड कपमा शनिबार आयोजक र मानाभारा बिच प्रतिस्पर्धा हुने भएको हो ।

शुक्रबार भएको उद्‌घाटन खेलमा आयोजक निलोलाई ३–७ गोल अन्तरले पराजित गर्दै लालिमा युवा क्लब ढुङ्गेसाँघु सेमिफाइनलमा प्रवेश गरेको छ । प्रतियोगितामा जम्मा आठ टिमको सहभागिता रहेको छ । जसमा आयोजकको दुई टिम सहित लालिमा युवा क्लब ढुङ्गेसाँघु, मानाभारा युवा क्लब खेजेनिम, साथीभाइ सामाजिक युवा क्लब फुङ्लिङ, पुवाजुङ फुटबल क्लब इलाम, लेस्नमाया स्मृति युवा क्लब खाम्लुङ, कुम्मायक कुसायक क्लब  पाँचथरको सहभागिता रहेको प्रगतिशील युवा क्लबका अध्यक्ष विजय हाङ्गामले जानकारी दिनुभयो ।  

तुलसी स्मृति प्रतिष्ठान खेल मैदानमा  सञ्चालन भइरहेको प्रतियोगिताका विजेता टिमले ३ लाख २ हजार ८२ रुपियाँ सहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् । यस्तै दोस्रो हुने टिमले १ लाख ५२ हजार  ८२ रुपियाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । प्रत्येक खेलको म्यान अफ दि म्याच हुने खेलाडीलाई नगद दुई हजार रुपियाँ पुरस्कार प्रदान गरिनेछ । 

त्यस्तै प्रतियोगिताको उत्कृष्ट गोल किपर, उत्कृष्ट डिफेन्डर र सर्वाधिक गोलकर्तालाई जनही ४ हजार रुपियाँ र प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई ८ हजार रुपियाँ प्रदान गरिनेछ । फुटबलको माध्यमबाट मेरिङदेनमा रहेका पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्ने उद्देश्यले गोल्डकपको आयोजना गरिएको हो । प्रतियोगिताको फाइनल खेल माघ १३ गते हुनेछ  । प्रतियोगिता सञ्चालन गर्न करिब ११ लाख रुपियाँ लाग्ने अनुमान गरिएको आयोजकले जनाएको छ । 

 

प्रकाशित मिति : 9:36 am

आठराई त्रिवेणी गाउँपालिकाको नवनिर्मित भवनबाट सेवा सुचारु

ताप्लेजुङ, माघ १० गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले नवनिर्मित

प्रथम लिङ्तेप गोल्डकप : आयोजक र मानाभारा भिड्दै 

ताप्लेजुङ, पुस १० गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–४ लिड्तेपमा जारी

प्रथम शहिद कप माघ १६ गतेदेखी हुने

ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा प्रथम सहिद कप हुने भएको

वरकदेन गोल्ड कपको उपाधि हाङपाङलाई 

ताप्लेजुङ, माघ ८ गते । तेस्रो वरकदेन गोल्ड कपको उपाधि

ताप्लेजुङमा १३ दलको उम्मेद्वारी दर्ता (फोटोफिचर)

साहारा लिम्बू ताप्लेजु, माघ ६ गते । आगामी फागुन २१ गते