प्रथम माघेमेला गोल्ड कप : आज सेमिफाइनलका खेल हुने



ताप्लेजुङ, माघ ४ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम मागेमेला गोल्ड कपमा आज सेमिफाइनलको खेल हुने भएको छ । माघे सक्रान्तिको अवसरमा माघेमेला सञ्चालन समितिको आयोजनामा सञ्चालित गोल्डकपमा आइतबार सेमिफाइनलको खेल हुने भएको हो । 

आइतबार हुने पहिलो सेमिफाइनल खेलमा ड्रिम बोइज एफ.सि. धनकुटा र आयोजक सिंवा स्पोर्टिङ क्लबबीच प्रतिस्पर्धा हुने भएको छ । शुक्रबार सम्पन्न भएको धनकुटाले खाम्लालुङ ग्रामीण युवा समाज तेह्रथुमलाई ४–२ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको थियो । यता आयोजक सिंवा स्पोर्टिङ क्लबले भने बिहीबार भएको उद्‌घाटन खेलमा जनसेवा आदर्श स्पोर्टिङ क्लबलाई ४–० को फराकिलो गोल अन्तरले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो ।

यस्तै आइतबार नै हुने दोस्रो सेमिफाइनल खेलमा लालीगुँरास स्पोर्टिङ क्लब सुरुमखिम र वि.सि.एस. मेमोरियल युवा क्लब सावादिनबीच प्रतिस्पर्धा हुने भएको छ । शनिबार सम्पन्न अन्तिम क्वाटरफाइनल खेलमा कन्काई स्पोर्टिङ क्लब झापालाई ३–० गोल अन्तरले पराजित गर्दै लालिगुराँस सेमिफाइनलमा प्रवेश गरेको हो । 

शुक्रबार भएको खेलमा नाम्थोक युवा क्लब पाँचथरलाई ५–४ गोल अन्तरले पराजित गर्दै सावादिनले सेमिफाइनलमा स्थान बनाएको थियो । आइतबार हुने खेलका विजेताहरूले सोमबार फाइनलमा उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् । 

प्रतियोगिताको विजेता टिमले नगद तीन लाख ५० हजार ८२ रुपियाँसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । त्यस्तै उपविजेताले नगद एक लाख ७५ हजार रुपियाँसहित  ट्रफी, मेडल र प्रमाण पत्रमा चित्त बुझाउने छन् । प्रतियोगितामा विभिन्न विधामा उत्कृष्ट बन्ने खेलाडीलाई उचित नगद पुरस्कारको व्यवस्था गरिएको छ भने हरेक दिन म्यान अफ दि म्याच बन्नेलाई समेत नगदको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

क्षेत्रफलको हिसाबले सबैभन्दा ठुलो पालिकामा रहेको पर्यटकीय क्षेत्रको प्रचार प्रसार तथा सिंवा बजारलाई व्यापारिक केन्द्रको रुपमा स्थापित गर्ने उद्देश्य सहित मेलाको आयोजना गरिएको संरक्षक मचिन्द्र लिम्बूले बताउनुभयो । उहाँका अनुसार ऐतिहासिक मेलाको सुरुवात राणा कालदेखि नै भएको हो । 

विगतका वर्षमा सामान्य मेला महोत्सव मात्र हुने गरेको थियो । यस वर्षदेखि सदरमुकाम बाहिर हुने प्रतियोगिताहरुमध्येकै सर्वोत्कृष्ट पुरस्कार राशिको भएको गोल्डकपको रुपमा सुरुवात गरिएको आयोजकले जनाएको छ ।  

 

 

प्रकाशित मिति : 6:51 am

विज्ञान पढ्ने विद्यार्थीलाई पाथीभरा याङवरकले छात्रवृत्ति दिने

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले गाउँपालिका

सिदिङ्वा गाउँपालिकाले एमबीबीएस अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले गाउँपालिका क्षेत्रभित्रका

फक्ताङ्लुङ गाउँपालिकाले माग्यो जलविद्युत् आयोजनासँग विवरण

ताप्लेजुङ, असोज १ गते । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले गाउँपालिकाभित्र सञ्चालित

फक्ताङलुङले राहत कोषमा २६ लाख जम्मा गर्ने

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले प्रधानमन्त्री दैवी

पाथीभरा याङ्वरकद्धारा एमबीबीएस अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति

सौगात विष्ट ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको पाथीभरा याङ्वरक