ताप्लेजुङ, माघ ३ गते । ताप्लेजुङको मेरिङदेन–५ वरकदेनमा सञ्चालन भएको तेस्रो वरकदेन गोल्ड कप थलङ स्पोर्टिङ युवा क्लबले विजय सुरुवात गरेको छ । आज भएको उद्घाटन खेलमा मैवाखोला–१ ढुङ्गेसाँघुलाई पराजित गर्दै थलङले विजय यात्रा सुरु गरेको हो ।
खेलको निर्धारित समयमा बराबरी भए पछि खेल ट्राइबेकरमा धकेलिएको थियो । कक्फेक्वा तङ्नाम माघे सक्रान्तीको अवसरमा गोल्ड कप सञ्चालन गरिएको खेल संयोजक राज केदेमले जानकारी दिनुभयो । उहाँको अनुसार खेलकुदको माध्यमबाट स्थानीय उत्पादनको प्रर्वद्धन साथै पर्यटकीय क्षेत्रको प्रचार प्रसारका लागि गोल्ड कपमको आयोजना गरिएको हो ।
खेलका विजेताले नगद १ लाख ५१ हजार १११ रुपियाँसहित ३ वर्षे रनिङ कप, मेडल र प्रमाण पत्र प्राप्त गर्ने क्लबका अध्यक्ष उमेश केदेमले जानकारी दिनुभयो । उहाँका अनुसार दोस्रो हुनेले ३ वर्षे रनिङ कप, मेडलसहित प्रमाण पत्र प्राप्त गर्ने छन् ।
यस्तै वेस्ट प्लेयर, वेस्ट डिफेन्डर, हाई स्कोरर र वेस्ट किपरका लागि पति उचित पुरस्कारको व्यवस्था गरिएको छ ।






प्रतिक्रिया