प्रथम माघेमेला गोल्ड कप : आज दुई खेल हुने 



ताप्लेजुङ, माघ २ गते । माघे सक्रान्तिको अवसरमा ताप्लेजुङको सिंवामा आयोजित प्रथम मागेमेला गोल्डकपमा आज क्वाटरफाइनल अन्तर्गतका दुई खेल हुने भएको छ । फक्ताङलुङ गाउँपालिका ३ लिङखिमस्थित सिंवा बजारमा माघेमेला सञ्चालन समितिद्वारा आयोजित प्रतियोगिताको दोश्रो दिन दुई खेल हुने भएको हो । 

शुक्रबार हुने पहिलो खेलमा नाम्थोक युवा क्लब र वि।सि।एस मेमोरियल युवा क्लबबीच भिडन्त हुने भएको छ । यो खेलको विजेताले सेमिफाइनल लालीगुँरास स्पोर्टिङ क्लब र कन्काई स्पोर्टिङ क्लबको विजेतासँग प्रतिष्पर्धा गर्ने छ । लालिगुराँस र कन्काईको खेल भोलि हुने छ । 

त्यस्तै आज हुने दोश्रो खेलमा खाम्लालुङ ग्रामीण युवा समाज तेह्रथुमले ड्रिम बोइज एफ सिको सामना गर्ने भएको छ । यो खेलको विजेताले सेमिफाइनलमा आयोजक सिँवा स्पोर्टिङ क्लबसँगको भेट पक्का गर्ने छ । विहीबार भएको उद्‌घाटन खेलमा आयोजकले जनसेवा आदर्श स्पोर्टिङ क्लबलाई ४–० को फराकिलो गोल अन्तरले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको छ । 

माघ १ गतेबाट सुरु भएको प्रतियोगिताको फाइनल माघ ५ गने हुनेछ । विजेता टीमले नगद ३ लाख ५० हजार ८२ रुपियाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । त्यस्तै उपविजेताले नगद १ लाख ७५ हजार रुपियाँ सहित  ट्रफी, मेडल र प्रमाण पत्रमा चित्त बुझाउने छन् । प्रतियोगितामा विभिन्न विधामा उत्कृष्ट बन्ने खेलाडीलाई उचित नगद पुरस्कारको व्यवस्था गरिएको छ भने हरेक दिन म्यान अफ दि म्याच बन्नेलाई समेत नगदको व्यवस्था गरिएको आयोजकले जनाएको छ । 

क्षेत्रफलको हिसाबले सबैभन्दा ठुलो पालिकामा रहेको पर्यटकीय क्षेत्रको प्रचार प्रसार तथा सिंवा बजारलाई व्यापारिक केन्द्रको रुपमा स्थापित गर्ने उद्देश्य सहित मेलाको आयोजना गरिएको संरक्षक मचिन्द्र लिम्बूले बताउनुभयो । उहाँका अनुसार ऐतिहासिक मेलाको सुरुवात राणा कालदेखि नै भएको हो ।

विगतका वर्षमा सामान्य मेला महोत्सव मात्र हुने गरेको थियो । यस वर्षदेखि सदरमुकाम बाहिर हुने प्रतियोगिताहरुमध्येकै सर्वोत्कृष्ट पुरस्कार राशिको भएको गोल्डकपको रुपमा सुरुवात गरिएको आयोजकले जनाएको छ ।  

प्रकाशित मिति : 6:50 am

विज्ञान पढ्ने विद्यार्थीलाई पाथीभरा याङवरकले छात्रवृत्ति दिने

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले गाउँपालिका

सिदिङ्वा गाउँपालिकाले एमबीबीएस अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले गाउँपालिका क्षेत्रभित्रका

फक्ताङ्लुङ गाउँपालिकाले माग्यो जलविद्युत् आयोजनासँग विवरण

ताप्लेजुङ, असोज १ गते । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले गाउँपालिकाभित्र सञ्चालित

फक्ताङलुङले राहत कोषमा २६ लाख जम्मा गर्ने

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले प्रधानमन्त्री दैवी

पाथीभरा याङ्वरकद्धारा एमबीबीएस अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति

सौगात विष्ट ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको पाथीभरा याङ्वरक