आमन्त्रित प्रथम माघेमेला गोल्ड कप : आज आयोजक र ढुङ्गेसाँघु भिड्दै 



ताप्लेजुङ, माघ १ गते । ताप्लेजुङको सिंवा बजारमा आमन्त्रित प्रथम माघेमेला गोल्ड कप आजबाट सञ्चालन हुँदै छ । गोल्ड कप अन्तरगतको पुरुष फुटबल प्रतियोगिता उद्‌घाटन खेलमा आज आयोजक सिंवा स्पोर्टिङ क्लब र जनसेवा आदर्श स्पोर्टिङ क्लब ढुङ्गेसाँघुबिच प्रतिस्पर्धा हुँदै छ । 

कक्फेक्वा तङ्नाम (माघे सक्रान्ती)को अवसरमा सञ्चालन हुने ऐतिहासिक माघेनी मेला सँगै गोल्ड कपमा जम्मा आठ समुहको सहभागिता रहेको छ । यस्तै शुक्रबार दोस्रो दिन दुई खेल सञ्चालन हुने आयोजक माघेमेला सञ्चालन समितिका अध्यक्ष तेजविर लिम्बूले जानकारी दिनुभयो । उहाँका अनुसार शुकबार नाम्थोक युवा क्लब पाँचथर र वि.सि.एस. मेमोरियल युवा क्लब सावादिनबिच प्रतिस्पर्धा हुँदै छ । 

शुक्रबार नै हुने अर्को खेलमा ड्रिम बोइज एफ.सि. धनकुट्टा र खाम्लालुङ ग्रामीण युवा समाजबिच प्रतिष्पर्धा हुने भएको छ । शनिबार अन्तिम क्वार्टरफाइनलका दिन भने श्री लागीगुराँस स्पोर्टिङ युवा क्लब सुरुमखिम र कन्काई स्पोर्टिङ क्लब झापाबिच प्रतिस्पर्धा हुने अध्यक्ष लिम्बूको भनाई छ । 

ऐतिहासिक माघेमेला यस अघि पनि सञ्चालन हुँदै आएको थियो भने गोल्ड कप भने पहिलो पटक सञ्चालन हुने भएको हो । माघेमेला सञ्चालन समिति र सिंवा स्पोर्टिङ क्लबको आयोजनामा सञ्चालन हुने आमन्त्रित गोल्ड कपका विजेताले नगद तीन लाख ५० हजार ८२ रुपियाँसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् । यस्तै दोस्रो हुनेले नगद एक लाख ७५ हजार रुपियाँ सहित मेडल र प्रमाण पत्र प्राप्त गर्ने अध्यक्ष लिम्बूको भनाई छ । साथै वेस्ट प्लेयर, वेस्ट डिफेन्डर, हाई स्कोर र वेस्ट किपरका लागि पति उचित पुरस्कारको व्यवस्था गरिएको छ ।

मेलामा वृहत माघेनीमेला साँगीतिक साँझ–२०८२ समेत सञ्चलन हुने सांस्कृतिक संयोजक फुङनाम लिङ्खिमले जानकारी दिनुभयो । उहाँका अनुसार साँगीतिक साँझमा राष्ट्रीय कलाकार तारा प्रकाश लिम्बू सँगै चर्चित कलाकार र स्थानीय कलाकारहरूको प्रस्तुति रहनेछ ।

विषेश गरि सिंवा बजारलाई जिल्लाको तेस्रो ठूलो बजार मानिन्छ । सिंवा बजार ताप्लेजुङको पर्यटकीय क्षेत्र कञ्चनजङ्घा हिमाल, कुम्भकर्ण हिमाल, ऐतिहासिक क्षेत्र ओलाङ्चुङगोला, सिङ्जेमा ताल सँगै चिन सँगको सिमा नाका तिपतालाको प्रवेशद्वार भएकोले यसको प्रवर्द्धन सँगै व्यापारिक क्षेत्र बनाउनका लागि मेला सञ्चालन गर्न लागिएको आयोजकको भनाई छ ।

प्रकाशित मिति : 6:54 am

आमन्त्रित प्रथम माघेमेला गोल्ड कप : आज आयोजक र ढुङ्गेसाँघु भिड्दै 

ताप्लेजुङ, माघ १ गते । ताप्लेजुङको सिंवा बजारमा आमन्त्रित प्रथम

रिड नेपालले दियो ताप्लेजुङका १ सय ५४ शिक्षकलाई तालिम 

ताप्लेजुङ, पुस ३० गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा शैक्षिक तथा

प्रथम मानाभारा गोल्डकपलाई ५ लाख ३७ हजार बढी नाफा 

ताप्लेजुङ, पुस ३० गते । प्रथम मानाभारा गोल्डकपलाई ५ लाख

पाथीभरा मन्दिरमा २४ लाख बढी भेटी सङ्कलन 

ताप्लेजुङ, पुस ३० गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर (मुक्कुमलुङ)