प्रथम मानाभारा गोल्डकपलाई ५ लाख ३७ हजार बढी नाफा 



ताप्लेजुङ, पुस ३० गते । प्रथम मानाभारा गोल्डकपलाई ५ लाख ३७ हजार बढी नाफा भएको छ । गत पुस १५ गतेदेखि १९ गतेसम्म सञ्चालन भएको प्रथम मानाभारा गोल्डकपलाई ५ लाख ३७ हजार ९२५ रुपियाँ नाफा भएको हो । 

आयोजक मानाभारा युवा स्पोर्टिङ क्लबले आय व्यय सार्वजनिक गर्दै नाफाको बारे जानकारी गराएको छ । सार्वजनिक आय व्यय अनुसार गोल्डकप सञ्चालन गर्नका लागि विभिन्न सहयोगीदाता, स्थानीय सरकार र सङ्घ संस्थाहरूबाट जम्मा २२ लाख ९२५ हजार रुपियाँ आर्थिक सङ्कलन भएको क्लबका कोषध्यक्ष आदित्य लिम्बूले जानकारी दिनुभयो । उहाँका अनुसार जसमा १६ लाख ८४ हजार रुपियाँ खर्च भएको थियो । 

गोल्ड कपको उपाधि भने माछापोखरी हिटी क्लब चाँगेले हात पारेको थियो ।  स्थानीय स्तरमा उत्पादित प्रमुख नगदे बाली अलैँचीको प्रवर्द्धन साथै विश्वमा छरिएर रहनु भएका लिम्बू जातिको शिर उठाउने ठाउँ ‘नाहाङ्मा–यक’ र गडीडाँडाको संरक्षण तथा प्रचार प्रसारका लागि गोल्ड कपको आयोजना गरिएको क्लबका सचिव मौसम अन्छङबोले जानकारी दिनुभयो ।

प्रकाशित मिति : 6:08 pm

एक करोडको शैक्षिक अक्षयकोष स्थापना

ताप्लेजुङ, असोज १८ गते । केत्तकुम लिबाङ पाङ्पत सयङले एक

ताप्लेजुङमा देउवा समूहले प्रदेशसभा र स्थानीय तहका संयोजक तोक्यो

ताप्लेजु, असोज १९ गते । नेपाली कांग्रेसको देउवा समूहले ताप्लेजुङका

फक्ताङलुङमा विद्यार्थीलाई विद्यालय फर्काउने अभियान, पढाइ छाडेका मनिष पुनः विद्यालय फर्किए

ताप्लेजुङ, असोज १९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले अभिभावक शिक्षा

खेबाङमा खेलकुद महोत्सव हुने

ताप्लेजुङ, असोज १८ गते । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ खेबाङमा आगामी

कञ्चनजंघा सहकारीको नाफा १३ लाख ९५ हजार

ताप्लेजुङ, असोज १६ गते । कञ्चनजंघा सामुदायिक बहुमुखी सहकारी संस्था