प्रथम आँप पानी गोल्ड कप आगामी पुस २८ देखि 



ताप्लेजुङ, पुस २६ गते । ताप्लेजुङमा प्रथम आँप पानी आमन्त्रित गोल्ड कप सञ्चालन हुने भएको छ । गोल्ड कप कक्फेक्वा तङ्नाम (माघे सक्रान्ती) को अवसरमा जिल्लाको आठराई त्रिवेणी गाउँपालिका–४ नेसुममा आगामी पुस २८ गतेदेखि माघ १ गते सम्म सञ्चालन हुने भएको हो ।

शनिबार फुङलिङमा पत्रकार सम्मेलनको आयोजना गरी गोल्डकपको बारे जानकारी गराइएको छ । आँप पानी युवा क्लबको आयोजनामा सञ्चालन हुने गोल्डकपमा क्लब स्तरीय पुरुष फुटबल प्रतियोगिताको आयोजना गरिने क्लबका सचिव हेमन्त लिम्बूले जानकारी दिनुभएको छ । 

उहाँका अनुसार प्रतियोगितामा आयोजक सहित ८ टिमको सहभागिता रहने छ । जसमा आयोजक आँपानी युवा क्लब, लिभटी युवा क्लब ढुङ्गेसाघु, सिर्जनशील युवा क्लब तेम्बे, बुङ्धाक युवा क्लब साँघु, हाङपाङ चुङ्वा समाज हाङ्पाङ, मानाभारा युथ स्पोर्टिङ क्लब खेजेनिम, ग्रीन भ्याली स्पोर्टिङ क्लब नाल्बो र साथीभाइ सामाजिक युवा क्लब फुङलिङको सहभागिता रहने छ । 

प्रतियोगिताको विजेताले नगद एक लाख १० हजार रुपियाँसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ । यस्तै दोस्रो हुनेले नगद ६० हजार रुपियाँसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने क्लबका अध्यक्ष टेक बहादुर लिम्बूले जानकारी दिनुभयो । अन्य विधागत तर्फका लागि पनि उचित पुरस्कारको व्यवस्था गरिएको छ । 

खेल सम्पन्न गर्नका लागि करिब १० लाख रुपियाँ लागत लाग्ने अनुमान गरिएको आयोजकले जनाएको छ । 

प्रकाशित मिति : 5:44 pm

विज्ञान पढ्ने विद्यार्थीलाई पाथीभरा याङवरकले छात्रवृत्ति दिने

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले गाउँपालिका

सिदिङ्वा गाउँपालिकाले एमबीबीएस अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले गाउँपालिका क्षेत्रभित्रका

फक्ताङ्लुङ गाउँपालिकाले माग्यो जलविद्युत् आयोजनासँग विवरण

ताप्लेजुङ, असोज १ गते । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले गाउँपालिकाभित्र सञ्चालित

फक्ताङलुङले राहत कोषमा २६ लाख जम्मा गर्ने

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले प्रधानमन्त्री दैवी

पाथीभरा याङ्वरकद्धारा एमबीबीएस अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति

सौगात विष्ट ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको पाथीभरा याङ्वरक