तेस्रो वरकदेन गोल्ड कप सञ्चालन हुने



ताप्लेजुङ, पुस २५ गते। ताप्लेजुङमा तेस्रो वरकदेन गोल्ड कप सञ्चालन हुने भएको छ । कक्फेक्वा तङ्नाम माघे सक्रान्तीको अवसरमा मेरिङदेन गाउँपालिका–५ वरकदेनमा गोल्ड कप सञ्चालन हुने भएको हो ।
 
आगामी माघ ३ गतेदेखि सुरु हुने अन्तर वडा स्तरीय वरकदेन गोल्ड कपको तेस्रो संस्करणमा पुरुष फुटबल प्रतियोगिताको आयोजना गरिएको खेल संयोजक राज केदेमले जानकारी दिनुभयो । उहाँको अनुसार खेलकुदको माध्यमबाट स्थानीय उत्पादनको प्रर्वद्धन साथै पर्यटकीय क्षेत्रको प्रचार प्रसारका लागि गोल्ड कपमको आयोजना गरिएको हो ।

खेलका विजेताले नगद १ लाख ५१ हजार १११ रुपियाँसहित ३ वर्षे रनिङ कप, मेडल र प्रमाण पत्र प्राप्त गर्ने क्लबका अध्यक्ष उमेश केदेमले जानकारी दिनुभयो । उहाँका अनुसार दोस्रो हुनेले ३ वर्षे रनिङ कप, मेडलसहित प्रमाण पत्र प्राप्त गर्ने छन् । 

यस्तै वेस्ट प्लेयर, वेस्ट डिफेन्डर, हाई स्कोरर र वेस्ट किपरका लागि पति उचित पुरस्कारको व्यवस्था गरिएको छ । 

प्रकाशित मिति : 6:38 am

प्रसिद्ध तीर्थस्थल पाथीभरामा पुनः हिमपात

ताप्लेजुङ, चैत २६ गते । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा

रिफाइन गरियो पाथीभरामा दर्शनार्थीले चढाएको सुनचाँदी

ताप्लेजुङ, चैत २६ गते । पाथीभरामा दर्शनार्थीले चढाएको सुनचाँदी प्रशोधन

ताप्लेजुङको आठराई त्रिवेणीमा साताको एक दिन मात्र बिदा

ताप्लेजुङ, चैत २६ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले सातामा

ताप्लेजुङमा कोशी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगितामा सुरु

ताप्लेजुङ, चैत २६ गते । ताप्लेजुङमा कोशी प्रदेश स्तरीय छैटौँ

महाशिवरात्रि फुटबलको उपाधि तेह्रथुमलाई

ताप्लेजुङ, चैत २२ गते । ताप्लेजुङमा सम्पन्न भएको विशेष महाशिवरात्रि