तेस्रो वरकदेन गोल्ड कप सञ्चालन हुने



ताप्लेजुङ, पुस २५ गते। ताप्लेजुङमा तेस्रो वरकदेन गोल्ड कप सञ्चालन हुने भएको छ । कक्फेक्वा तङ्नाम माघे सक्रान्तीको अवसरमा मेरिङदेन गाउँपालिका–५ वरकदेनमा गोल्ड कप सञ्चालन हुने भएको हो ।
 
आगामी माघ ३ गतेदेखि सुरु हुने अन्तर वडा स्तरीय वरकदेन गोल्ड कपको तेस्रो संस्करणमा पुरुष फुटबल प्रतियोगिताको आयोजना गरिएको खेल संयोजक राज केदेमले जानकारी दिनुभयो । उहाँको अनुसार खेलकुदको माध्यमबाट स्थानीय उत्पादनको प्रर्वद्धन साथै पर्यटकीय क्षेत्रको प्रचार प्रसारका लागि गोल्ड कपमको आयोजना गरिएको हो ।

खेलका विजेताले नगद १ लाख ५१ हजार १११ रुपियाँसहित ३ वर्षे रनिङ कप, मेडल र प्रमाण पत्र प्राप्त गर्ने क्लबका अध्यक्ष उमेश केदेमले जानकारी दिनुभयो । उहाँका अनुसार दोस्रो हुनेले ३ वर्षे रनिङ कप, मेडलसहित प्रमाण पत्र प्राप्त गर्ने छन् । 

यस्तै वेस्ट प्लेयर, वेस्ट डिफेन्डर, हाई स्कोरर र वेस्ट किपरका लागि पति उचित पुरस्कारको व्यवस्था गरिएको छ । 

प्रकाशित मिति : 6:38 am

ताप्लेजुङमा आमन्त्रित प्रथम माघेमेला गोल्ड कप सञ्चालन हुने

ताप्लेजुङ, पुस २६ गते । ताप्लेजुङको सिंवा बजारमा आमन्त्रित प्रथम

तेस्रो वरकदेन गोल्ड कप सञ्चालन हुने

ताप्लेजुङ, पुस २५ गते। ताप्लेजुङमा तेस्रो वरकदेन गोल्ड कप सञ्चालन

रिड नेपालद्धारा फक्ताङलुङका १५४ शिक्षकलाई तालिम 

ताप्लेजुङ, पुस २४ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा शैक्षिक तथा

सशस्त्र प्रहरीद्धारा जिल्ला कारगार ताप्लेजुङलाई खेलकुद सामाग्री हस्तान्तरण

रेडियो काबेलीताप्लेजुङ । सशस्त्र प्रहरी बल नेपाल नं. १ गुल्म