१६ औं राष्ट्रपति शिल्ड माघ २३ गतेदेखि



ताप्लेजुङ, पुस २१ गते । ताप्लेजुङमा अन्तर पालिका स्तरीय १६ औं राष्ट्रपति शिल्ड खेलकुद प्रतियोगिता आगामी माघ २३ गतेदेखि सञ्चालन हुने भएको छ । प्रतियोगिता जिल्लाको सिदिङ्वा गाउँपालिकामा सञ्चालन हुने भएको हो । 

सोमबार फुङलिङमा पत्रकार सम्मेलनको आयोजना गरि प्रतियोगिताको बारे जानकारी गराइएको छ । प्रतियोगितामा भलिबल, कवड्डी, एथलेटिक्स, सितोरियो कराँते, तेक्वान्दो उसु गरि जम्मा ६ विधाका खेलहरू सञ्चालन हुने जिल्ला खेलकुद विकास समिति ताप्लेजुङका अध्यक्ष नरेन्द्र कुमार लिम्बू ९गणेश०ले जानकारी दिनुभयो । 

उहाँका अनुसार प्रतियोगितामा छात्र र छात्रा दुई समुहलाई समावेश गरिने छ । यस्तै प्रतियोगितामा ६६ स्वार्ण, ६६ रजत र ७० काश्य पदक रहने छ । नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालय, प्रदेश सामाजिक विकास मन्त्रालय रा.खे.प. र प्रदेश खेलकुद विकास बोर्डले राष्ट्रपति रनिङ शिल्ड अन्तर विद्यालय स्तरीय खेलकुद प्रतियोगिता सञ्चालन निर्देशिका २०७० पाँचौ संसोधन २०८० अनुसार प्रतियोगिता सञ्चालन हुने छ ।

निर्देशिका अनुसार मर्यादित ढङ्गले प्रतियोगिता सञ्चालन हुने सिदिङवा गाउँपालिका अध्यक्ष मान बहादुर राईले बताउनुभयो । यस्तै प्रतियोगिताको तयारी तीब्र गतिमा अघि बढेको गाउँपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत तिबेन्द्र अधिकारीले जानकारी दिनुभयो । 

प्रकाशित मिति : 4:22 pm

पाथीभराबाट साढे ४६ लाख बढी भेटी सङ्कलन

ताप्लेजुङ, असार ३ गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर (मुक्कुमलुङ)

आठराई त्रिवेणीलाई पुसभित्र फुसको छानोमुक्त पालिका घोषणा गरिने

ताप्लेजुङ, असार ३ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले आगामी

अन्तरजातीय विवाह गर्ने ११ दम्पती सम्मानित

ताप्लेजुङ, असार ३ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले अन्तरजातीय

ताप्लेजुङमा महिलालाई आत्मनिर्भर बनाउन सिजनल सयपत्री फूल खेती तालिम 

सौगात विष्टताप्लेजुङ, असार २ गते । महिलाको आर्थिक सशक्तीकरण र

ताप्लेजुङ गोल्ड कपको तयारी सुरु

ताप्लेजुङ, जेठ ३१ गते । ताप्लेजुङ गोल्ड कपको चौथो संस्करण