प्रथम मानाभारा गोल्ड कप : आज दुई खेल हुने 



ताप्लेजुङ, पुस १६ गते ।  ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–२ खेजेनिमा जारी प्रथम मानाभारा गोल्ड कपको दोस्रो दिन आजबाट दुई खेल हुँदै छ । मानाभारा युथ स्पोर्टिङ क्लबको आयोजनामा सञ्चालन भएको प्रथम मानाभारा गोल्ड कपमा आजबाट क्वाटर फाइनल अन्तरगतका दुई खेल सञ्चालन हुने भएको हो । 

आज हुने पहिलो क्वाटरफाइनल खेलमा सिँवा स्पोर्टिङ क्लब लिङखिम र लालीगुराँस स्पोर्टिङ क्लब सुरुमखिमबिच प्रतिस्पर्धा हुँदै छ । यस्तै आज नै लिखु भुजी रामेछाप युथ क्लब र जनसेवा आर्दश स्पोर्टिङ क्लब ढुङगेसाँघु बिच प्रतिस्पर्धा हुने मानाभारा युथ स्पोर्टिङ क्लबका सचिव मौसम अन्छङ्बोले जानकारी दिनुभयो । 

हिजो भएको उद्‌घाटन खेलमा मानाभारा युथ स्पोर्टिङ क्लब र माछापोखरी हिटी क्लब चाँगे बिच प्रतिस्पर्धा भएको थियो । जसमा आयोजक मानाभारा युथ स्पोर्टिङ क्लबलाई टाइब्रेकरमा ५–३ गोलअन्तरले पराजित गर्दै चाँगे सेमिफाइनलमा प्रवेश गरेको छ ।

निर्धारित समयमा २–२ गोलको बराबरी भएपछि निर्णय टाइब्रेकरबाट लिइएको हो । आयोजकका कप्तान मनराज लिम्बूले खेलको ५१ औँ मिनेटमा गोल गर्दै अग्रता दिलाउनु भएको थियो । तर ५८ औँ मिनेटमा चाँगेका दिपेश श्रेष्ठले गोल गर्दै बराबरी गर्नुभयो । त्यस्तै पुन श्रेष्ठले ६० औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै खेललाई २–१ गोलअन्तरले पछि पार्दै अघि बढेको ४ मिनेटपछि आयोजकका विवेक लिम्बूले गोल गरेर बराबरीमा रोक्न सफल हुनु भएको थियो ।

यस्तै विहीबार अन्तिम क्वाटरफाइन खेलमा नव प्रयास युनाइटेड क्लब हाङ्देवा, प्रगतिशील युवा क्लब लिङ्तेपबिच भिडन्त हुने अन्छङबोको भनाई छ । प्रतियोगिताको विजेताले नगद ३ लाख २ हजार ८२ रुपियाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् । यस्तै उपविजेतालाई नगद १ लाख ५२ हजार ८२ रुपियाँ सहित ट्रफी, मेडल र प्रमाण पत्रको व्यवस्था गरिएको छ । 

 साथै विभिन्न विधामा सर्वोत्कृष्ट बन्ने खेलाडीलाई समेत उचित नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । स्थानीय स्तरमा उत्पादित प्रमुख नगदे बाली अलैँचीको प्रवर्द्धन साथै विश्वमा छरिएर रहनु भएका लिम्बू जातिको शिर उठाउने ठाउँ ‘नाहाङ्मा–यक’ र गडीडाँडाको संरक्षण तथा प्रचार प्रसारका लागि गोल्ड कपको आयोजना गरिएको क्लबका संरक्षक विकास साम्रा रविनले जानकारी दिनुभयो । 

खेजेनिमको आहाले टारमा सञ्चालन भइरहेको प्रतियोगिताको फाइनल खेल आगामी पुस १९ गते हुने छ । 
 

प्रकाशित मिति : 6:50 am

हुरीबतासका कारण तीन लाखको क्षति

ताप्लेजुङ, जेठ २१ गते । ताप्लेजुङको फुङलिङ नगरपालिका–६ मा हुरीबतासका

मेची राजमार्गको सडक सीमा कार्यान्वयनअघि वैकल्पिक मार्ग सञ्चालन गर्न फुङलिङवासीको माग

ताप्लेजुङ, जेठ २१ गते । मेची राजमार्गअन्तर्गत सडक सीमा क्षेत्रभित्र

फुङलिङमा सुर्तिजन्य पदार्थ र मदिराका विज्ञापन बोर्ड हटाइँदै

ताप्लेजुङ, जेठ १८ गते । ताप्लेजुङ सदरमुकाम फुङलिङमा सुर्तिजन्य पदार्थ

दोस्रो कञ्चनजङ्घा साहसिक म्यारथनको उपाधि राईलाई

ताप्लेजुङ, जेठ १८ गते । दोस्रो कञ्चनजङ्घा साहसिक म्यारथन प्रतियोगिताको

रास्वपा ताप्लेजुङको संगठन विस्तार तीव्र, फुङलिङ नगर सभापतिमा युवराज बराल

ताप्लेजुङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेपालले आसन्न महाधिवेशनलाई लक्षित