माछापोखरी हिटी क्लब मानाभारा गोल्डकपको सेमिफाइनलमा प्रवेश



ताप्लेजुङ, पुष १५ गते । आठराई त्रिवेणी गाउँपालिकाको चाँगे माछापोखरी हिटी क्लबले विजयी सुरुआत गर्दै प्रथम मानाभारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । मङ्गलबारबाट सुरु भएको उद्‌घाटन खेलमा आयोजक मानाभारा युथ स्पोर्टिङ क्लबलाई टाइब्रेकरमा ५–३ गोलअन्तरले पराजित गर्दै चाँगे सेमिफाइनलमा प्रवेश गरेको हो ।

निर्धारित समयमा २–२ गोलको बराबरी भएपछि निर्णय टाइब्रेकरबाट लिइएको हो । आयोजकका कप्तान मनराज लिम्बूले खेलको ५१ औँ मिनेटमा गोल गर्दै अग्रता दिलाउनु भएको थियो । तर ५८ औँ मिनेटमा चाँगेका दिपेश श्रेष्ठले गोल गर्दै बराबरी गर्नुभयो । त्यस्तै पुन श्रेष्ठले ६० औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै खेललाई २–१ गोलअन्तरले पछि पार्दै अघि बढेको ४ मिनेटपछि आयोजकका विवेक लिम्बूले गोल गरेर बराबरीमा रोक्न सफल हुनु भएको थियो ।

भोलि ९बुधवार० क्वार्टरफाइनलका दुई खेल हुनेछन् । पहिलो खेलमा सिँवा स्पोर्टिङ क्लब लिङ्खिम र सिदिङ्वा गाउँपालिका ७ सुरुम्खिमको लालीगुराँस फुटबल क्लबबीच खेल हुनेछ । यसैगरी, आमन्त्रित टोली लिखु भुजी युथ क्लब रामेछाप र मैवाखोला गाउँपालिकाको जनआदर्श स्पोर्टिङ क्लब ढुङ्गेसाँघुबीच दोश्रो खेलमा भिडन्त हुनेछ ।

मानाभारा युथ स्पोर्टिङ क्लबले आयोजना गरेको गोल्डकपको फाइनल खेल पुस १९ गते हुनेछ । प्रतियोगिताको विजेताले तीन लाख दुई हजार ८२ रुपियाँ र उपविजेताले एक लाख ५२ हजार ८२ रुपियाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र पाउने छन् । खेलको विभिन्न विधामा उत्कृष्ट बन्ने खेलाडीलाई समेत उचित नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

प्रकाशित मिति : 8:24 pm

ताप्लेजुङमा नयाँ  ‘त्रिवेणी फिडर’ सञ्चालनमा आयो

ताप्लेजुङ, साउन १७ गते । ताप्लेजुङको हिटी सबस्टेसनबाट नयाँ ‘त्रिवेणी

निङमा छ्योखोरलिङ बौद्ध गुम्बा निर्माणमा जुटे स्थानीय 

ताप्लेजुङ, साउन १६ गते । ताप्लेजुङको फुङलिङ नगरपालिका–६ स्थित निङमा छ्योखोरलिङ

अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड कप चौथो संस्करणको तयारी तीब्र 

ताप्लेजुङ , साउन १६ गते । अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड

नियमित तालिका निर्धारण गरे पनि दुई महिनादेखि सुकेटार विमानस्थलमा उडान ठप्प

ताप्लेजुङ, साउन १५ गते । ताप्लेजुङको सुकेटार विमानस्थलमा करिब दुई

नेविसंघ ताप्लेजुङको कार्यवाहक अध्यक्षमा अर्जुन खिम्दिङ

सौगात विष्ट ताप्लेजुङ, साउन १४ गते । नेपाल विद्यार्थी सङ्घ (नेविसंघ)