ताप्लेजुङमा सशस्त्र प्रहरीद्वारा विद्यालयमा शीतलहर र लागूऔषध दुर्व्यसन सम्बन्धी सचेतना कक्षा सञ्चालन



ताप्लेजुङ, पुस १२ गते । ताप्लेजुङमा सशस्त्र प्रहरीले बालसुबोधिनी संस्कृत माध्यमिक विद्यालयमा शीतलहर, हुस्सु र लागूऔषध दुर्व्यसन सम्बन्धी सचेतनामूलक कक्षा सञ्चालन गरेको छ । सशस्त्र प्रहरी बल नेपाल, नम्बर १ गुल्म हेडक्वार्टर कञ्चनजङ्घाले सचेतनामूलक कक्षा सञ्चालन गरेको हो । 

गुल्मले फुङ्लिङ नगरपालिका –३ मेदिबुङमा रहेको उक्त विद्यालयमा पुगेर सचेतना सम्बन्धी कक्षा सञ्चालन गरेको हो ।  विद्यालयका कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीलाई सहभागी गराई शुक्रबार सचेतना सम्बन्धी कक्षा सञ्चालन गरेको गुल्मले जनाएको छ । सचेतना सम्बन्धी सशस्त्र प्रहरी बल नेपाल, नम्बर १ गुल्म हेडक्वार्टर कञ्चनजङ्घाका गुल्मपति एवम् सशस्त्र प्रहरी नायब उपरीक्षक प्रमोद प्रकाश पाठकले कक्षा सञ्चालन गर्नुभएको थियो । 

करिव ८० जना विद्यार्थीलाई सहभागी गराएर सशस्त्र प्रहरी नायब उपरीक्षक पाठकले अहिलेको जाडो याममा असर गर्ने शीतलहर र हुस्सु तथा लागूऔषध दुर्व्यसन सम्बन्धी कक्षा चलाउनुभएको थियो । सचेतनामूलक कक्षा सञ्चालन गर्दै सशस्त्र प्रहरी नायब उपरीक्षक पाठकले शीतलहर र हुस्सुबाट जोगिने उपाय साथै लागूऔषधको कुलतले गर्ने हानी नोक्सानी र बेफाइदाबारे विद्यार्थीलाई अनुशिक्षण दिनुभएको थियो । 

प्रकाशित मिति : 6:50 am

पाथीभराबाट साढे ४६ लाख बढी भेटी सङ्कलन

ताप्लेजुङ, असार ३ गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर (मुक्कुमलुङ)

आठराई त्रिवेणीलाई पुसभित्र फुसको छानोमुक्त पालिका घोषणा गरिने

ताप्लेजुङ, असार ३ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले आगामी

अन्तरजातीय विवाह गर्ने ११ दम्पती सम्मानित

ताप्लेजुङ, असार ३ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले अन्तरजातीय

ताप्लेजुङमा महिलालाई आत्मनिर्भर बनाउन सिजनल सयपत्री फूल खेती तालिम 

सौगात विष्टताप्लेजुङ, असार २ गते । महिलाको आर्थिक सशक्तीकरण र

ताप्लेजुङ गोल्ड कपको तयारी सुरु

ताप्लेजुङ, जेठ ३१ गते । ताप्लेजुङ गोल्ड कपको चौथो संस्करण