ताप्लेजुङमा सशस्त्र प्रहरीद्वारा विद्यालयमा शीतलहर र लागूऔषध दुर्व्यसन सम्बन्धी सचेतना कक्षा सञ्चालन



ताप्लेजुङ, पुस १२ गते । ताप्लेजुङमा सशस्त्र प्रहरीले बालसुबोधिनी संस्कृत माध्यमिक विद्यालयमा शीतलहर, हुस्सु र लागूऔषध दुर्व्यसन सम्बन्धी सचेतनामूलक कक्षा सञ्चालन गरेको छ । सशस्त्र प्रहरी बल नेपाल, नम्बर १ गुल्म हेडक्वार्टर कञ्चनजङ्घाले सचेतनामूलक कक्षा सञ्चालन गरेको हो । 

गुल्मले फुङ्लिङ नगरपालिका –३ मेदिबुङमा रहेको उक्त विद्यालयमा पुगेर सचेतना सम्बन्धी कक्षा सञ्चालन गरेको हो ।  विद्यालयका कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीलाई सहभागी गराई शुक्रबार सचेतना सम्बन्धी कक्षा सञ्चालन गरेको गुल्मले जनाएको छ । सचेतना सम्बन्धी सशस्त्र प्रहरी बल नेपाल, नम्बर १ गुल्म हेडक्वार्टर कञ्चनजङ्घाका गुल्मपति एवम् सशस्त्र प्रहरी नायब उपरीक्षक प्रमोद प्रकाश पाठकले कक्षा सञ्चालन गर्नुभएको थियो । 

करिव ८० जना विद्यार्थीलाई सहभागी गराएर सशस्त्र प्रहरी नायब उपरीक्षक पाठकले अहिलेको जाडो याममा असर गर्ने शीतलहर र हुस्सु तथा लागूऔषध दुर्व्यसन सम्बन्धी कक्षा चलाउनुभएको थियो । सचेतनामूलक कक्षा सञ्चालन गर्दै सशस्त्र प्रहरी नायब उपरीक्षक पाठकले शीतलहर र हुस्सुबाट जोगिने उपाय साथै लागूऔषधको कुलतले गर्ने हानी नोक्सानी र बेफाइदाबारे विद्यार्थीलाई अनुशिक्षण दिनुभएको थियो । 

प्रकाशित मिति : 6:50 am

ताप्लेजुङमा तीन महिनामै एक करोड बढीको खाद्यान्न बिक्री

ताप्लेजुङ, असोज ३१ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले

फक्ताङलुङमा हिमाली बस्तीमै पुगेर पशु स्वास्थ्य सेवा

ताप्लेजुङ, असोज २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले भौगोलिक रूपमा

रास्वपाले ताप्लेजुङमा एक्सन टिम गठन गर्‍यो

ताप्लेजुङ असोज २७ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङले

कञ्चनजङ्घामा पर्यटकको चहलपहल बढ्यो

ताप्लेजुङ, असोज २७ गते । ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो

पभोग्य वस्तुमा कृत्रिम अभाव र मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

ताप्लेजुङ, असोज २६ गते । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले चाडपर्वलाई