साहारा लिम्बू
ताप्लेजुङ, मंसिर १९ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–५ थुकिमामा आयोजना भएको दोस्रो साङधुङगे माङ्गेना कपलाई तीन लाख २५ हजार ३४१ रुपियाँ नाफा भएको छ । गत मंसिर १३ गतेदेखि १८ गते सम्म सञ्चालन भएको माङ्गेना कपलाई उक्त बराबरको रकम नाफा भएको हो ।
लिम्बूहरूको महान चाड चासोक तङ्नामको अवसरमा चासोक तङ्नाम सञ्चालन समितिको आयोजनामा माङ्गेना कप सञ्चालन भएको थियो । उक्त माङ्गेना कप सञ्चालन गर्नका लागि विभिन्न दाताहरूबाट ११ लाख ३० हजार ७९३ रुपियाँ सङ्कलन भएको थियो ।
जसमा ८ लाख ५ हजार ४५० रुपियाँ खर्च भएको सञ्चालन समितिका अध्यक्ष विशाल लङ्वाले जानकारी दिनुभयो । साङधुङगे मेरिङदेन माङ्गेना यकको पर्यटन प्रर्वद्धन सँगै प्रचार प्रसारका लागि माङ्गेना कप सञ्चालन गरिएको अध्यक्ष लङ्वाको भनाई छ ।
माङ्गेना कपमा वडा स्तरीय पुरुष फुटबल प्रतियोगिता सहित स्थानीय कलाकारहरूको साथमा विविध सांस्कृतिक कार्यक्रम पनि सम्पन्न भएको थियो ।






प्रतिक्रिया