साङधुङगे माङ्गेना कपलाई तीन लाख २५ हजार बढि नाफा



साहारा लिम्बू 
ताप्लेजुङ, मंसिर १९ गते ।
ताप्लेजुङको मेरिङदेन गाउँपालिका–५ थुकिमामा आयोजना भएको दोस्रो साङधुङगे माङ्गेना कपलाई तीन लाख २५ हजार ३४१ रुपियाँ नाफा भएको छ । गत मंसिर १३ गतेदेखि १८ गते सम्म सञ्चालन भएको माङ्गेना कपलाई उक्त बराबरको रकम नाफा भएको हो । 

 लिम्बूहरूको महान चाड चासोक तङ्नामको अवसरमा चासोक तङ्नाम सञ्चालन समितिको आयोजनामा माङ्गेना कप सञ्चालन भएको थियो । उक्त माङ्गेना कप सञ्चालन गर्नका लागि विभिन्न दाताहरूबाट  ११ लाख ३० हजार ७९३ रुपियाँ सङ्कलन भएको थियो । 

जसमा ८ लाख ५ हजार ४५० रुपियाँ खर्च भएको सञ्चालन समितिका अध्यक्ष विशाल लङ्वाले जानकारी दिनुभयो । साङधुङगे मेरिङदेन माङ्गेना यकको पर्यटन प्रर्वद्धन सँगै प्रचार प्रसारका लागि माङ्गेना कप सञ्चालन गरिएको अध्यक्ष लङ्वाको भनाई छ ।

माङ्गेना कपमा वडा स्तरीय पुरुष फुटबल प्रतियोगिता सहित स्थानीय कलाकारहरूको साथमा विविध सांस्कृतिक कार्यक्रम पनि सम्पन्न भएको थियो । 

प्रकाशित मिति : 11:33 am

ताप्लेजुङमा तीन महिनामै एक करोड बढीको खाद्यान्न बिक्री

ताप्लेजुङ, असोज ३१ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले

फक्ताङलुङमा हिमाली बस्तीमै पुगेर पशु स्वास्थ्य सेवा

ताप्लेजुङ, असोज २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले भौगोलिक रूपमा

रास्वपाले ताप्लेजुङमा एक्सन टिम गठन गर्‍यो

ताप्लेजुङ असोज २७ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङले

कञ्चनजङ्घामा पर्यटकको चहलपहल बढ्यो

ताप्लेजुङ, असोज २७ गते । ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो

पभोग्य वस्तुमा कृत्रिम अभाव र मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

ताप्लेजुङ, असोज २६ गते । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले चाडपर्वलाई