पाँचौ सिरिजङ्गा गोल्डकप : फाइनल प्रवेशका लागि आज झापा र तेह्रथुम भिड्दै 



ताप्लेजुङ, मंसिर २८ गते । पाँचौ सिरिजङ्गा गोल्डकपको दोस्रो सेमिफाइनल खेलमा आज झापाको न्यू स्टार क्लब र तेह्रथुमको म्याङलुङ स्पोर्टिङ क्लबबीच प्रतिस्पर्धा हुँदै छ । तेल्लोक स्पोर्टिङ क्लबको आयोजनामा सञ्चालन भएको गोल्डकपमा फाइनल प्रवेशका लागि आज झापा र तेह्रथुमबिच आमने सामने हुने भएको हो । 

आज जित्ने टोलीले फाइनलमा धरानको मरिक एफसीसँग भेट पक्का गर्ने छ ।  हिजो भएको पहिलो सेमिफाइनल खेलमा आयोजक तेल्लोक स्पोर्टिङ क्लबलाई टाइब्रेकरमा ४–२ गोलअन्तरले पराजित गर्दै धरान फाइनलमा प्रवेश गरेको छ । 

गोल्डकपको विजेताले नगद ३ लाख ३२१ रुपियाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् ।  यस्तै दोस्रो हुने टिमले एक लाख ५० हजार ३२१ रुपियाँ सहित मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ । 

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीले नगद १० हजार रुपियाँ, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट मिडफिल्डरले समान ५–५ हजार रुपियाँ प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष अर्जुन भट्टराईले बताउनुभयो । 

किराँत लिम्बू लिपिका प्रचारक, सिरिजङ्गा लिपि र याक्थुङ संस्कृतिका प्रणेता सिरिजङ्गा सिंह थेबेको जन्म जयन्तीको अवसर पारेर सिरिजङ्गा मेला सहित अन्तराष्ट्रिय आमन्त्रण गोल्डकप सञ्चालन गरिएको क्लबका अध्यक्ष अर्जुन भट्टराईले बताउनुभयो ।

खेलकुदको माध्यमबाट ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका र तेल्लोकको पहिचान स्थापित गर्नुका साथै यहाँका धार्मिक तथा पर्यटकीय स्थलहरूको प्रचार प्रचार गर्ने उद्देश्यका साथ गोल्डकपमा सञ्चालन गरिएको बताइएको छ । गोल्डकपको फाइनल खेल भोलि हुँदै छ । 

प्रकाशित मिति : 6:35 am

विज्ञान पढ्ने विद्यार्थीलाई पाथीभरा याङवरकले छात्रवृत्ति दिने

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले गाउँपालिका

सिदिङ्वा गाउँपालिकाले एमबीबीएस अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले गाउँपालिका क्षेत्रभित्रका

फक्ताङ्लुङ गाउँपालिकाले माग्यो जलविद्युत् आयोजनासँग विवरण

ताप्लेजुङ, असोज १ गते । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले गाउँपालिकाभित्र सञ्चालित

फक्ताङलुङले राहत कोषमा २६ लाख जम्मा गर्ने

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले प्रधानमन्त्री दैवी

पाथीभरा याङ्वरकद्धारा एमबीबीएस अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति

सौगात विष्ट ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको पाथीभरा याङ्वरक