मरिक एफसी धरान सिरिजङ्गा गोल्डकपको फाईनलमा प्रवेश




रेडियो काबेली
ताप्लेजुङ ।
मरिक एफसी धरान तेल्लोकमा जारी पाँचौ सिरिजङ्गा गोल्डकपमा फाईनलमा प्रवेश गरेको छ । शनिबार (आज) भएको पहिलो सेमिफाईनल खेलमा आयोजक तेल्लोक स्पोर्टिङ क्लबलाई ट्राईबेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै धरानको मरिक एफसी फाईनलमा प्रवेश गर्न सफल भएको हो । निर्धारित समयमा दुबै टिमबाट एक–एक गोलको बराबरी गोल भएपछि खेल ट्राईबेकरतर्फ धकेलिएको थियो ।

अब आईतबार (भोलि) हुने दोस्रो तथा अन्तिम सेमिफाईनल खेलमा म्याङलुङ स्पोर्टिङ क्लब तेह्रथुमले न्यु स्टार क्लब झापा सँग प्रतिस्पर्धा गर्नेछ । गोल्डकपको विजेताले नगद ३ लाख ३२१ र उपविजेताले एक लाख ५० हजार ३२१ सहित ट्रफी पाउने छ । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीले नगद १० हजार, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट मिडफिल्डरलाई समान ५–५ हाजार प्रदान गरिने आयोजक तेल्लोक स्पोर्टिङ क्लबका अध्यक्ष अर्जुन भट्टराईले बताउनुभयो । गोल्डकपमा ८ वटा टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको फाईनल खेल मङ्सिर २९ गते हुनेछ ।

प्रकाशित मिति : 6:41 pm

दोभान आगलागीपीडितलाई पाँच लाख ६० हजार राहत

ताप्लेजुङ, असोज २२ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३, दोभान बजारमा

फुङलिङमा सीमा सुरक्षा बैठक हुँदै

ताप्लेजुङ, असोज २२ गते । ताप्लेजुङ र चीनको स्वशासित क्षेत्र

सडक स्तरोन्नतिपछि मैवाखोलामा नयाँ भाडादर कायम

ताप्लेजुङ, असोज २२ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले सार्वजनिक सवारी

दोभान बजारका आगलागी पीडितलाई नेवा : समाजको राहत

ताप्लेजुङ, असोज २१ गते । ताप्लेजुङ नेवा : समाज काठमाडौंले

ताप्लेजुङमा चार दिनमा ९५ क्विन्टल चिनी बिक्री

ताप्लेजुङ, असोज २० गते । ताप्लेजुङमा चार दिनको अवधिमा खाद्य