म्याङलुङ स्पोर्टिङ तेह्रथुम सिरिजङ्गा गोल्डकपको सेमिफाइनलमा प्रवेश




रेडियो काबेली
ताप्लेजुङ । तेह्रथुमको म्याङलुङ स्पोर्टिङ क्लब तेल्लोकमा जारी पाँचौ सिरिजङ्गा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको अन्तिम क्वाटरफाईनल खेलमा धनकुटाको साँघुरीगढी एफसीलाई ५–२ गोल अन्तरले पराजित गर्दै सेमिफाईनलमा स्थान बनाउन सफल भएको हो । यससँगै सेमिफाईनल समिकरण पुरा भएको छ । यस अघि आयोजक तेल्लोक स्पोर्टिङ क्लब, न्यु स्टार झापा र मरिक एफसी धरान सेमि फाईनलमा प्रवेश गरि सकेका छन् ।

शनिबार (भोलि) पहिलो सेमिफाइनल खेल आयोजक तेल्लोक स्पोर्टिङ क्लब र मरिक एफसी धरानबीच हुनेछ । गोल्डकपको विजेताले नगद ३ लाख ३२१ र उपविजेताले एक लाख ५० हजार ३२१ सहित ट्रफी पाउने छ । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीले नगद १० हजार, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट मिडफिल्डरलाई समान ५–५ हाजार प्रदान गरिने आयोजक तेल्लोक स्पोर्टिङ क्लबका अध्यक्ष अर्जुन भट्टराईले बताउनुभयो । गोल्डकपमा ८ वटा टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको फाईनल खेल मङ्सिर २९ गते हुनेछ ।

प्रकाशित मिति : 7:04 pm

बालबालिकामाथिको ट्रोलिङप्रति गम्भीर चिन्ता

ताप्लेजुङ, वैशाख २१ गते । राष्ट्रिय महिला आयोगले सामाजिक सञ्जालमा

पाथीभरामा भरियालाई आवेदन दिन अनिवार्य

ताप्लेजुङ, वैशाख २१ गते । पाथीभरा मन्दिर क्षेत्रमा खटिने तीर्थयात्री

हाइड्रोपावरको निःशुल्क स्वास्थ्य शिविर : ४ सय १७ जना लाभान्वित 

ताप्लेजुङ, बैशाख १९ गते । सानिमा मिडल तमोर हाइड्रोपावर लिमिटेडले

मेरिङदेनमा शिविर मार्फत ५८ कुकुर तथा बिरालोको बन्ध्याकरण 

ताप्लेजुङ, बैशाख १९ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले कुकुर तथा

ताप्लेजुङमा निःशुल्क आँखा शिविर सञ्चालन हुने

ताप्लेजुङ, बैशाख १६ गते । ताप्लेजुङमा निःशुल्क आँखा परीक्षण तथा