रेडियो काबेली
ताप्लेजुङ । पाँचौ सिरिजङ्गा गोल्डकपको अन्तिम क्वाटर फाईनल खेलमा शुक्रबार (आज) धनकुटाको साँघुरीगढी एफसी र तेह्रथुमको म्याङलुङ स्पोर्टिङ क्लब भिड्दैछन् । यो खेल दिउँसो २ बजे तेल्लोक माविको खेल मैदानमा हुनेछ ।
यस अघि बिहिबार भएको तेस्रो क्वाटर फाईनल खेमला भारतको पाहुना टोली पारिजात फुटबल संघ सिलिगुडीलाई ३–१ गोलअन्तरले पराजित गर्दै धरानको मरिक एफसी पाँचौँ सिरिजङ्गा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । यस अघि भएका क्वाटर फाईनल खेलमा आयोजक तेल्लोक स्पोर्टिङ क्लबर र न्यु स्टार क्लब झापाले सेमिफाईनलमा स्थान पक्का गरिसकेका छन् ।
गोल्डकपको विजेताले नगद ३ लाख ३२१ र उपविजेताले एक लाख ५० हजार ३२१ सहित ट्रफी पाउने छ । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीले नगद १० हजार, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट मिडफिल्डरलाई समान ५–५ हजार प्रदान गरिने आयोजक तेल्लोक स्पोर्टिङ क्लबले जनाएको छ । गोल्डकपमा ८ वटा टोलीको सहभागिता रहेको छ ।






प्रतिक्रिया