सिरिजङ्गा गोल्डकपः अन्तिम क्वाटर फाईनल खेलमा आज धनकुटा र तेह्रथुम भिड्दै




रेडियो काबेली
ताप्लेजुङ ।
पाँचौ सिरिजङ्गा गोल्डकपको अन्तिम क्वाटर फाईनल खेलमा शुक्रबार (आज) धनकुटाको साँघुरीगढी एफसी र तेह्रथुमको म्याङलुङ स्पोर्टिङ क्लब भिड्दैछन् । यो खेल दिउँसो २ बजे तेल्लोक माविको खेल मैदानमा हुनेछ ।

यस अघि बिहिबार भएको तेस्रो क्वाटर फाईनल खेमला भारतको पाहुना टोली पारिजात फुटबल संघ सिलिगुडीलाई ३–१ गोलअन्तरले पराजित गर्दै धरानको मरिक एफसी पाँचौँ सिरिजङ्गा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । यस अघि भएका क्वाटर फाईनल खेलमा आयोजक तेल्लोक स्पोर्टिङ क्लबर र न्यु स्टार क्लब झापाले सेमिफाईनलमा स्थान पक्का गरिसकेका छन् ।


गोल्डकपको विजेताले नगद ३ लाख ३२१ र उपविजेताले एक लाख ५० हजार ३२१ सहित ट्रफी पाउने छ । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीले नगद १० हजार, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट मिडफिल्डरलाई समान ५–५ हजार प्रदान गरिने आयोजक तेल्लोक स्पोर्टिङ क्लबले जनाएको छ । गोल्डकपमा ८ वटा टोलीको सहभागिता रहेको छ ।

प्रकाशित मिति : 11:17 am

विज्ञान पढ्ने विद्यार्थीलाई पाथीभरा याङवरकले छात्रवृत्ति दिने

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले गाउँपालिका

सिदिङ्वा गाउँपालिकाले एमबीबीएस अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले गाउँपालिका क्षेत्रभित्रका

फक्ताङ्लुङ गाउँपालिकाले माग्यो जलविद्युत् आयोजनासँग विवरण

ताप्लेजुङ, असोज १ गते । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले गाउँपालिकाभित्र सञ्चालित

फक्ताङलुङले राहत कोषमा २६ लाख जम्मा गर्ने

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले प्रधानमन्त्री दैवी

पाथीभरा याङ्वरकद्धारा एमबीबीएस अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति

सौगात विष्ट ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको पाथीभरा याङ्वरक