मरिक एफसी धरान सिरिजङ्गा गोल्डकपको सेमिफाइनलमा प्रवेश




रेडियो काबेली
ताप्लेजुङ । धरानको मरिक एफसी पाँचौ सिरिजङ्गा गोल्डकपको सेमिफाईनलमा प्रवेश गरेको छ । भारतको पाहुना टोली पारिजात फुटबल संघ सिलिगुडीलाई पराजित गर्दै धरानको मरिक एफसी पाँचौँ सिरिजङ्गा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको हो । बिहिबार भएको तेस्रो क्वाटरफाइनल खेलमा धरानले ३–१ गोलअन्तरले भारतीय टोलीलाई पराजित गर्दै सेमिफाईनलमा प्रवेश गरेको हो ।

प्लेयर अफ दी म्याच बन्दै धरानका फोफोनाले २ हजार ५ सय रुपैँया प्राप्त गर्नुभयो । शुक्रबार हुने अन्तिम क्वाटरफाइनल खेलमा धनकुटाको साँघुरीगढी एफसी र तेह्रथुमको म्याङलुङ स्पोर्टिङ क्लब भिड्नेछन् । गोल्डकपको विजेताले नगद ३ लाख ३२१ र उपविजेताले एक लाख ५० हजार ३२१ सहित ट्रफी पाउने छ । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीले नगद १० हजार, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट मिडफिल्डरलाई समान ५–५ हाजार प्रदान गरिने आयोजकले जनाएको छ । गोल्डकपमा ८ वटा टोलीको सहभागिता रहेको छ ।

प्रकाशित मिति : 7:29 pm

सिरिजङ्गा गोल्डकपको सेमिफाइनल समीकरण पुरा, आज आयोजक र धरान भिड्दै

ताप्लेजुङ, मंसिर २७ गते । ताप्लेजुङको तेल्लोकमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण

म्याङलुङ स्पोर्टिङ तेह्रथुम सिरिजङ्गा गोल्डकपको सेमिफाइनलमा प्रवेश

रेडियो काबेलीताप्लेजुङ । तेह्रथुमको म्याङलुङ स्पोर्टिङ क्लब तेल्लोकमा जारी पाँचौ

जेनजी आन्दोलनको क्रममा फरार कैदी ताप्लेजुङबाट पक्राउ

ताप्लेजुङ, मंसिर २६ गते । जेनजी आन्दोलनको क्रममा फरार कैदी

प्रतिनिधिसभा सदस्यका लागि काङ्ग्रेस ताप्लेजुङद्वारा तुम्याहाङको एकल नाम सिफारिस

ताप्लेजुङ, मंसिर २६ गते । नेपाली काङ्ग्रेस ताप्लेजुङले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ

सिरिजङ्गा गोल्डकपः अन्तिम क्वाटर फाईनल खेलमा आज धनकुटा र तेह्रथुम भिड्दै

रेडियो काबेलीताप्लेजुङ । पाँचौ सिरिजङ्गा गोल्डकपको अन्तिम क्वाटर फाईनल खेलमा