मरिक एफसी धरान सिरिजङ्गा गोल्डकपको सेमिफाइनलमा प्रवेश




रेडियो काबेली
ताप्लेजुङ । धरानको मरिक एफसी पाँचौ सिरिजङ्गा गोल्डकपको सेमिफाईनलमा प्रवेश गरेको छ । भारतको पाहुना टोली पारिजात फुटबल संघ सिलिगुडीलाई पराजित गर्दै धरानको मरिक एफसी पाँचौँ सिरिजङ्गा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको हो । बिहिबार भएको तेस्रो क्वाटरफाइनल खेलमा धरानले ३–१ गोलअन्तरले भारतीय टोलीलाई पराजित गर्दै सेमिफाईनलमा प्रवेश गरेको हो ।

प्लेयर अफ दी म्याच बन्दै धरानका फोफोनाले २ हजार ५ सय रुपैँया प्राप्त गर्नुभयो । शुक्रबार हुने अन्तिम क्वाटरफाइनल खेलमा धनकुटाको साँघुरीगढी एफसी र तेह्रथुमको म्याङलुङ स्पोर्टिङ क्लब भिड्नेछन् । गोल्डकपको विजेताले नगद ३ लाख ३२१ र उपविजेताले एक लाख ५० हजार ३२१ सहित ट्रफी पाउने छ । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीले नगद १० हजार, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट मिडफिल्डरलाई समान ५–५ हाजार प्रदान गरिने आयोजकले जनाएको छ । गोल्डकपमा ८ वटा टोलीको सहभागिता रहेको छ ।

प्रकाशित मिति : 7:29 pm

एक करोडको शैक्षिक अक्षयकोष स्थापना

ताप्लेजुङ, असोज १८ गते । केत्तकुम लिबाङ पाङ्पत सयङले एक

ताप्लेजुङमा देउवा समूहले प्रदेशसभा र स्थानीय तहका संयोजक तोक्यो

ताप्लेजु, असोज १९ गते । नेपाली कांग्रेसको देउवा समूहले ताप्लेजुङका

फक्ताङलुङमा विद्यार्थीलाई विद्यालय फर्काउने अभियान, पढाइ छाडेका मनिष पुनः विद्यालय फर्किए

ताप्लेजुङ, असोज १९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले अभिभावक शिक्षा

खेबाङमा खेलकुद महोत्सव हुने

ताप्लेजुङ, असोज १८ गते । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ खेबाङमा आगामी

कञ्चनजंघा सहकारीको नाफा १३ लाख ९५ हजार

ताप्लेजुङ, असोज १६ गते । कञ्चनजंघा सामुदायिक बहुमुखी सहकारी संस्था