मरिक एफसी धरान सिरिजङ्गा गोल्डकपको सेमिफाइनलमा प्रवेश




रेडियो काबेली
ताप्लेजुङ । धरानको मरिक एफसी पाँचौ सिरिजङ्गा गोल्डकपको सेमिफाईनलमा प्रवेश गरेको छ । भारतको पाहुना टोली पारिजात फुटबल संघ सिलिगुडीलाई पराजित गर्दै धरानको मरिक एफसी पाँचौँ सिरिजङ्गा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको हो । बिहिबार भएको तेस्रो क्वाटरफाइनल खेलमा धरानले ३–१ गोलअन्तरले भारतीय टोलीलाई पराजित गर्दै सेमिफाईनलमा प्रवेश गरेको हो ।

प्लेयर अफ दी म्याच बन्दै धरानका फोफोनाले २ हजार ५ सय रुपैँया प्राप्त गर्नुभयो । शुक्रबार हुने अन्तिम क्वाटरफाइनल खेलमा धनकुटाको साँघुरीगढी एफसी र तेह्रथुमको म्याङलुङ स्पोर्टिङ क्लब भिड्नेछन् । गोल्डकपको विजेताले नगद ३ लाख ३२१ र उपविजेताले एक लाख ५० हजार ३२१ सहित ट्रफी पाउने छ । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीले नगद १० हजार, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट मिडफिल्डरलाई समान ५–५ हाजार प्रदान गरिने आयोजकले जनाएको छ । गोल्डकपमा ८ वटा टोलीको सहभागिता रहेको छ ।

प्रकाशित मिति : 7:29 pm

कक्षा १–५ मा २० जना विद्यार्थी नभए विद्यालयको तह घटाइने

ताप्लेजुङ, असार ३१ गते । ताप्लेजुङको फुङलिङ नगरपालिकाले कक्षा १–५

मेरिङदेनमा गोठ सुधारका लागि ५० प्रतिशत अनुदान

ताप्लेजुङ, असार ३० गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले गोठ तथा

मैवाखोलामा १८ वर्ष भन्दा कम उमेरका बालबालिकाले मदिरा र सुर्तिजन्य सामग्री ओसारपसार गर्न नपाउने

ताप्लेजुङ, असार २९ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा १८ वर्ष

सिरिजङ्घा गाउँपालिकाद्वारा पत्रकार पुर्कुटी सम्मानित

ताप्लेजुङ, असार २९ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले पत्रकार सन्तोष

श्रमदानबाटै समृद्धि सम्भव स् हर्क साम्पाङ

ताप्लेजुङ, असार २८ गते । श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्कराज