अन्तराष्ट्रिय आमन्त्रण सिरिजङ्गा गोल्ड कप आजबाट सुरु हुँदै



ताप्लेजुङ, मंसिर २३ गते । अन्तराष्ट्रिय आमन्त्रण सिरिजङ्गा गोल्ड कप फुटबल प्रतियोगिता तथा सिरिजङ्गा मेला २०८२ मङ्गलबारबाट सुरु हुँदै छ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नं. ४ तेल्लोकमा गोल्ड कप तथा मेला सुरु हुने भएको हो ।

मङ्गलबार उद्घाटनको दिन आयोजक तेल्लोक स्पोर्टिङ क्लब र रेड हर्स एफ.सि. इलामबिच प्रतिष्पर्धा हुने तेल्लोक स्पोर्टिङ क्लबका अध्यक्ष अर्जुन भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार बुधबार न्यु स्टार क्लब बिर्तामोड, झापाको वाइवाई पाँचथचर एफ.सि.ले सामना गर्ने भएको छ ।

यस्तै मंसिर २७ गते विदेशी टिम पारिजात सङ्घ एफ.सि. भारत र मरिक एफ.सि. धरानबिच प्रतिस्पर्धा हुने छ भने मंसिर २८ गते अन्तिम क्वाटरफाइनमा सागुरिगढि एफ.सि. धनकुटा र म्याङ्लुङ स्पोर्टिङ युवा क्लबको प्रतिस्पर्धा हुने छ ।

प्रतियोगिताको विजेताले नगद ३ लाख ३ सय २१ रुपियाँका साथ ट्रफी, मेडल र प्रमाण पत्र पाउने छ । उपविजेताले एक लाख ५० हजार ३ सय २१ रुपियाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र पाउने छन् ।

प्रतियोगितामा विधागत पुरस्कारको पनि व्यवस्था गरिएको अध्यक्ष भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार सर्वोत्कृष्ट खेलाडीलाई नगद १० हजार रुपियाँ, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट मिडफिल्डरलाई समान ५–५ हजार रुपियाँ सहित ट्रफी, मेडल र प्रमाण पत्रको व्यवस्था गरिएको छ ।

तेल्लोक स्पोर्टिङ क्लबको आयोजनामा किराँत लिम्बू लिपिका प्रचारक, सिरिजङ्गा लिपि र याक्थुङ संस्कृतिका प्रणेता सिरिजङ्गा सिंह थेबेको जन्म जयन्तीको अवसर पारेर सिरिजङ्गा मेला सहित अन्तराष्ट्रिय आमन्त्रण गोल्डकप सञ्चालन गरिएको क्लबका अध्यक्ष अर्जुन भट्टराईले बताउनुभयो ।

मंसिर २९ गते सम्म सञ्चालन हुने फुटबल प्रतियोगिता सँगै सांस्कृतिक कार्यक्रम सम्पन्न गर्न करिब ४१ लाख रुपियाँ खच हुने अनुमान गरिएको आयोजकको भनाई छ । खेलकुदको माध्यमबाट ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका र तेल्लोकको पहिचान स्थापित गर्नुका साथै यहाँका धार्मिक तथा पर्यटकीय स्थलहरूको प्रचार प्रचार गर्ने उद्देश्यका साथ कार्यक्रम सञ्चालन गर्न लागिएको बताइएको छ ।

प्रकाशित मिति : 7:48 am

बालबालिकामाथिको ट्रोलिङप्रति गम्भीर चिन्ता

ताप्लेजुङ, वैशाख २१ गते । राष्ट्रिय महिला आयोगले सामाजिक सञ्जालमा

पाथीभरामा भरियालाई आवेदन दिन अनिवार्य

ताप्लेजुङ, वैशाख २१ गते । पाथीभरा मन्दिर क्षेत्रमा खटिने तीर्थयात्री

हाइड्रोपावरको निःशुल्क स्वास्थ्य शिविर : ४ सय १७ जना लाभान्वित 

ताप्लेजुङ, बैशाख १९ गते । सानिमा मिडल तमोर हाइड्रोपावर लिमिटेडले

मेरिङदेनमा शिविर मार्फत ५८ कुकुर तथा बिरालोको बन्ध्याकरण 

ताप्लेजुङ, बैशाख १९ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले कुकुर तथा

ताप्लेजुङमा निःशुल्क आँखा शिविर सञ्चालन हुने

ताप्लेजुङ, बैशाख १६ गते । ताप्लेजुङमा निःशुल्क आँखा परीक्षण तथा