मिक्वाखोला:थलङ स्पोर्टिङ क्लब र रेड डेभिल्स ईलाम फाईनलमा भिड्ने




रेडियो काबेली
ताप्लेजुङ । जिल्लाको मिक्वाखोला गाउँपालिका –४ थलङमा जारी आमन्त्रीत क्लब स्तरीय पुरुष फुटबल प्रतियोगितामा आयोजक थलङ स्पोर्टिङ क्लब र रेड डेभिल्स क्लब ईलाम फाईनलमा भिड्ने भएका छन् । चासोक तङनामको अवसरमा थलङ स्पोर्टिङ क्लबको आयोजना भईरहेको प्रतियोगिताको आईतवार भएको पहिलो सेमिफाइन खेलमा आयोजक थलङ स्पोर्टिङ क्लबले म्याङ्लुङ स्पोर्टिङ क्लब तेह्रथुमलाई ३–१ गोलअन्तरले पराजित गर्दै फाईनलमा प्रवेश गरेको हो । उक्त खेलको प्लेयर अफ दि म्याच आयोजकका दिपेश लिम्बू घोषित हुँदै नगद २ हजार रुपैँया प्राप्त गर्नुभयो ।

त्यस्तै आईतवार नै भएको अन्तिम सेमिफाइनल खेलमा फङफङ्देन स्पोर्टिङ क्लब तेम्बालाई ३–१ गोलले पराजित गर्दै रेड डेभिल्स क्लब ईलामले आयोजक सङ्गको भेट पक्का गरेको हो। उक्त खेलको प्लेयर अफ दि म्याच रेड डेभिल्स ईलामका शेखर राई घोशीत हुँदै नगद २ हजार रुपैँया प्राप्त गर्नुभयो । अब आयोजक र ईलाम बिचको फाईनल खेल सोमबार हुनेछ ।
प्रतियोगिताको विजेताले नगद १ लाख ५२ र उपविजेताले १ लाख रुपैयाँका साथ ट्रफि, मेडल र प्रमाणपत्र पाउने आयोजक थलङ स्पोर्टिङ क्लबका अध्यक्ष मणि कुमार थलङले बताउनुभयो । यसैगरी ‘वेष्ट किपर’, ‘वेष्ट डिफेन्डर’, ‘वेष्ट प्लेयर’ र ‘हाइ स्कोरर’ पुरस्कार विजेता खेलाडीले जनही ५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : 8:22 pm

विज्ञान पढ्ने विद्यार्थीलाई पाथीभरा याङवरकले छात्रवृत्ति दिने

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले गाउँपालिका

सिदिङ्वा गाउँपालिकाले एमबीबीएस अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले गाउँपालिका क्षेत्रभित्रका

फक्ताङ्लुङ गाउँपालिकाले माग्यो जलविद्युत् आयोजनासँग विवरण

ताप्लेजुङ, असोज १ गते । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले गाउँपालिकाभित्र सञ्चालित

फक्ताङलुङले राहत कोषमा २६ लाख जम्मा गर्ने

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले प्रधानमन्त्री दैवी

पाथीभरा याङ्वरकद्धारा एमबीबीएस अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति

सौगात विष्ट ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको पाथीभरा याङ्वरक