फुङलिङले चुम्यो कञ्चनजंघा सेसेलुङ महिला गोल्ड कप उपाधि



ताप्लेजुङ, मङ्सिर २० गते । कञ्चनजंघा सेसेलुङ महिला गोल्ड कपको उपाधि फुङलिङ नगरपालिकाले चुमेको छ । शनिबार सम्पन्न फाइनल खेलमा मेरिङदेन गाउँपालिकालाई ट्राइबेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै फुङलिङले उपाधि चुमेको हो ।

निर्धारित समयमा दुवै टीमले १–१ गोलको बराबरी खेलेसँगै खेलको नतिजा ट्राइबेकर मार्फत लिइएको हो । खेलको १३ औँ मिनेटमा भिनकुमारी गुरुङले पहिलो गोल गर्दै टीमलाई अग्रता दिलाउनु भएको थियो । तर खेलको ७५ औँ मिनेटमा मेरिङ्देनको तर्फबाट सुस्मा लिम्बूले गोल गर्दै खेललाई बराबरीमा फर्काउनु भएको थियो ।

फुङलिङले मैवाखोलालाई २–० र मेरिङदेनले पाथीभरा याङवरकलाई ५–० गोलअन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेका थिए । प्रतियोगिताको विजेता फुङलिङले नगद दुई लाख दुई हजार ८२ रुपियाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् ।

त्यस्तै उपविजेतामा सीमित बनेको मेरिङदेन गाउँपालिकाले नगद एक लाख दुई हजार ८२ रुपियाँमा चित्त बुझाएका छन् । पुरस्कार कोशी प्रदेश सरकार उद्योग, कृषि, तथा सहकारी मन्त्री खगेनसिँह हाङ्गामले हस्तान्तरण गर्नुभयो । प्रतियोगितामा जिल्लाका मिक्वाखोला गाउँपालिका बाहेक अन्य आठ पालिकाको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : 6:27 pm

दोभानका आगलागी पीडितलाई ख्रीष्टियन समाजको तीन लाख ७६ हजार राहत

ताप्लेजुङ, कात्तिक २ गते । जिल्ला ख्रीष्टियन समाज ताप्लेजुङले दोभान

ताप्लेजुङमा तीन महिनामै एक करोड बढीको खाद्यान्न बिक्री

ताप्लेजुङ, असोज ३१ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले

फक्ताङलुङमा हिमाली बस्तीमै पुगेर पशु स्वास्थ्य सेवा

ताप्लेजुङ, असोज २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले भौगोलिक रूपमा

रास्वपाले ताप्लेजुङमा एक्सन टिम गठन गर्‍यो

ताप्लेजुङ असोज २७ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङले

कञ्चनजङ्घामा पर्यटकको चहलपहल बढ्यो

ताप्लेजुङ, असोज २७ गते । ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो