फुङलिङले चुम्यो कञ्चनजंघा सेसेलुङ महिला गोल्ड कप उपाधि



ताप्लेजुङ, मङ्सिर २० गते । कञ्चनजंघा सेसेलुङ महिला गोल्ड कपको उपाधि फुङलिङ नगरपालिकाले चुमेको छ । शनिबार सम्पन्न फाइनल खेलमा मेरिङदेन गाउँपालिकालाई ट्राइबेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै फुङलिङले उपाधि चुमेको हो ।

निर्धारित समयमा दुवै टीमले १–१ गोलको बराबरी खेलेसँगै खेलको नतिजा ट्राइबेकर मार्फत लिइएको हो । खेलको १३ औँ मिनेटमा भिनकुमारी गुरुङले पहिलो गोल गर्दै टीमलाई अग्रता दिलाउनु भएको थियो । तर खेलको ७५ औँ मिनेटमा मेरिङ्देनको तर्फबाट सुस्मा लिम्बूले गोल गर्दै खेललाई बराबरीमा फर्काउनु भएको थियो ।

फुङलिङले मैवाखोलालाई २–० र मेरिङदेनले पाथीभरा याङवरकलाई ५–० गोलअन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेका थिए । प्रतियोगिताको विजेता फुङलिङले नगद दुई लाख दुई हजार ८२ रुपियाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् ।

त्यस्तै उपविजेतामा सीमित बनेको मेरिङदेन गाउँपालिकाले नगद एक लाख दुई हजार ८२ रुपियाँमा चित्त बुझाएका छन् । पुरस्कार कोशी प्रदेश सरकार उद्योग, कृषि, तथा सहकारी मन्त्री खगेनसिँह हाङ्गामले हस्तान्तरण गर्नुभयो । प्रतियोगितामा जिल्लाका मिक्वाखोला गाउँपालिका बाहेक अन्य आठ पालिकाको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : 6:27 pm

आठराई त्रिवेणीका सबै वडामा बर्थिङ सेन्टर सञ्चालन

ताप्लेजुङ, भदौ ९ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाका पाँचवटै

ताप्लेजुङ गोल्डकप : भाग्यशाली एक जना दर्शकले स्कुटर पाउने

ताप्लेजुङ, भदौ ७ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकपको

सद्भाव र विश्वशान्तिको कामना गर्दै मुक्कुमलुङ साहित्यिक पदयात्रा

ताप्लेजुङ, भदौ ७ गते । ताप्लेजुङमा साहित्यको माध्यमबाट आपसी सद्भाव,

मुक्कुमलुङ साहित्यिक प्रतिष्ठानको अध्यक्षमा हेल्लोक

ताप्लेजुङ, भदौ ७ गते । मुक्कुमलुङ साहित्यिक प्रतिष्ठानको अध्यक्षमा मनिष

ताप्लेजुङ गोल्डकपको खेल तालिका सार्वजनिक

ताप्लेजुङ, भदौ ४ गते । अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड कपको