मिक्वाखोला : थलङ स्पोर्टिङ क्लब र फङफङदेन स्पोर्टिङ क्लब सेमिफाइनलमा प्रवेश




रेडियो काबेली
ताप्लेजुङ ।
जिल्लाको मिक्वाखोला गाउँपालिका –४ साँबामा जारी आमन्त्रीत क्लब स्तरीय पुरुष फुटबल प्रतियोगितामा आयोजक थलङ स्पोर्टिङ क्लब र फङफङदेन स्पोर्टिङ क्लब साँबा (तेम्बा) सेमिफाईनलमा प्रवेश गरेका छन् ।
चासोक तङनामको अवसरमा थलङ स्पोर्टिङ क्लबको आयोजना भईरहेको प्रतियोगिताको शुक्रबार उद्धघाटन खेलमा आयोजक थलङ स्पोर्टिङ क्लबले ग्रीन भ्याल्ली युवा क्लब मेरिङदेन–६ नाल्बुलाई ६–३ गोलअन्तरले पराजित गर्दै सेमिफाईनलमा प्रवेश गरेको हो । उक्त खेलको प्लेयर अफ दि म्याच आयोजकका सबिन तामाङ घोषित हुँदै नगद २ हजार रुपैँया प्राप्त गर्नुभयो ।

त्यस्तै शुक्रबार नै भएको दोस्रो क्वाटरफाइनल खेलमा बिसिएस सावदिनलाई ४–० गोलले पराजित गर्दै फङफङदेन स्पोर्टिङ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । उक्त खेलको प्लेयर अफ दि म्याच फङफङदेनका मन्जित लिम्बु घोषित हुँदै नगद २ हजार रुपैँया प्राप्त गर्नुभयो । प्रतियोगिता अन्तरगत शनिबार क्वाटर फाईनलका दुई खेल हुनेछन् । जसमा तेस्रो क्वाटरफाईनलमा मानाभरा युवा क्लब सॉवा र म्याङलुङ स्पोर्टिङ क्लब तेह्रथुमले प्रतिष्पर्धा गर्नेछन् । यस्तै अन्तिम क्वाटरफाईनल खेलमा रेड डेभिल्स फुटबल क्लब इलाम र प्रगतिशिल युवा समाज लिङतेप भिड्नेछन् ।

मंसिर २२ गतेसम्म सन्चालन हुने प्रतियोगिताको विजेताले नगद १ लाख ५२ र उपविजेताले १ लाख रुपैयाँका साथ ट्रफि, मेडल र प्रमाणपत्र पाउने आयोजक थलङ स्पोर्टिङ क्लबका अध्यक्ष मणि कुमार थलङले बताउनुभयो । यसैगरी ‘वेष्ट किपर’, ‘वेष्ट डिफेन्डर’, ‘वेष्ट प्लेयर’ र ‘हाइ स्कोरर’ पुरस्कार विजेता खेलाडीले जनही ५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् । लिम्बुहरुको महान चाड चासोक तङनामको अवसरमा बिहिबार जिल्ला समन्वय समिती प्रमुख छिरिङ लामाको प्रमुख आतिथ्यतामा भब्यताका साथ कार्यक्रम गरिएको थियो भने शुक्रबारबाट फुटबल प्रतियोगिता सुरु भएको हो ।

प्रकाशित मिति : 9:10 pm

प्रथम सहिद कप : सिरिजङ्गा र सिदिङ्वा फाइनलमा प्रवेश

ताप्लेजुङ, माघ २० गते । सिरिजङ्गा गाउँपालिका र सिदिङ्वा गाउँपालिका

दृष्टिविहीनको लागि ४५ दिने आधारभुत कम्प्युटर तालिम सम्पन्न

ताप्लेजुङ, माघ २० गते । ताप्लेजुङमा दृष्टिविहीनहरूको लागि ४५ दिने

आङबुहाङ वंशमा देखिएको विवादबारे खुला अन्तरक्रिया कार्यक्रम सम्पन्न

ताप्लेजुङ, माघ २० गते । आङबुहाङ वंश परिवारभित्र पछिल्लो समय

ताप्लेजुङमा काङ्ग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी बराललाई

ताप्लेजुङ, माघ २० गते । नेपाली काङ्ग्रेस ताप्लेजुङले कार्यवाहक जिल्ला

समाजसेवी लिम्बूद्वारा सिबु आधारभूत विद्यालयका विद्यार्थीहरूलाई न्यानो कपडा वितरण

ताप्लेजुङ, माघ १९ गते । फक्ताङलुङ गाउँपालिकाको श्री सिबु आधारभूत