सेसेलुङ महिला गोल्ड कपको उपाधिका लागि मेरिङदेन र फुङलिङ भिड्दै



ताप्लेजुङ, मंसिर १९ गते । ताप्लेजुङमा जारी कञ्चनजङ्घा सेसेलुङ महिला गोल्ड कपको उपाधिका लागि मेरिङदेन गाउँपालिका र फुङलिङ नगरपालिका बिच प्रतिस्पर्धा हुने भएको छ ।  शनिबार हुने फाइनल खेलमा मेरिङदेन र फुङलिङ आमने सामने हुने भएको हो । 

बिहीबार सम्पन्न भएको अन्तिम सेमिफाइनल खेलमा पाथीभरा याङवरक गाउँपालिकालाई ५–० को फराकिलो गोलअन्तरले पराजित गर्दै मेरिङदेन फाइनलमा प्रवेश गरेको हो । खेलको २५ औँ मिनेटमा अनुष्का शेर्पाले पहिलो गोल गरेर टिमलाई अग्रता दिलाउनु भएको थियो । त्यस्तै करिब १ मिनेटपछि पुनः मेरिङ्देनका खेलाडी सुस्मा लिम्बू गोल गर्न सफल हुनुभएको थियो । 

दोश्रो हाल्फको ५७ औँ मिनेटमा मनिता तामाङले गोल गर्दा ६४ औँ मिनेटमा पुनः अनुष्काले गोल गर्नुभएको थियो । खेलको इन्जुरी समयमा समेत अनुष्काले ह्याट्रिक गोल गरेसँगै मेरिङदेन ५–० गोलको फराकिलो अन्तरले विजयी हुँदै फाइनलमा प्रवेश गरेको छ । 

 फुङलिङले बुधबार सम्पन्न भएको पहिलो सेमिफाइनलमा मैवाखोला गाउँपालिकालाई २–० गोलअन्तरले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो । प्रतियोगिताको विजेताले नगद दुई लाख दुई हजार ८२ रुपियाँ र उपविजेताले एक लाख दुई हजार ८२ रुपियाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।  

प्रकाशित मिति : 6:09 pm

विज्ञान पढ्ने विद्यार्थीलाई पाथीभरा याङवरकले छात्रवृत्ति दिने

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले गाउँपालिका

सिदिङ्वा गाउँपालिकाले एमबीबीएस अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले गाउँपालिका क्षेत्रभित्रका

फक्ताङ्लुङ गाउँपालिकाले माग्यो जलविद्युत् आयोजनासँग विवरण

ताप्लेजुङ, असोज १ गते । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले गाउँपालिकाभित्र सञ्चालित

फक्ताङलुङले राहत कोषमा २६ लाख जम्मा गर्ने

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले प्रधानमन्त्री दैवी

पाथीभरा याङ्वरकद्धारा एमबीबीएस अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति

सौगात विष्ट ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको पाथीभरा याङ्वरक