दोस्रो साङधुङगे माङ्गेना कपको उपाधि हाङपाङलाई



ताप्लेजुङ, मंसिर १९ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–५ थुकिमामा आयोजित दोस्रो साङधुङगे माङ्गेना कपमा उपाधिका आठराई त्रिवेणी हाङपाङले हात पारेको छ । विहीबार भएको फाइनल खेलमा मेरिङदेन–३ खाम्लुङलाई ४–१ गोल अन्तरले पराजित गर्दै हाङपाङले उपाधि हात परेको हो । 

लिम्बूहरूको महान चाड चासोक तङ्नामको अवसरमा सञ्चालन भएको वडा स्तरीय पुरुष फुटबल प्रतियोगितामा बुधबार भएको पहिलो सेमिफाइनल खेलमा हाङ्पाङले मेरिङनेद–६ नाल्बूलाई १–० गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । यस्तै दोस्रो सेमिफाइनल खेलमा फुङलिङ नगरपालिका–१० फुरुम्बूलाई १–० गोल अन्तरले पराजित गर्दै खाम्लुङ फाइनलमा प्रवेश गरेको थियो ।

जित सँगै हाङपाङले नगद एक लाख ५० हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । यस्तै खाम्लुङले भने नगद एक लाख सहित ट्रफी, मेडल र प्रमाण पत्र चित्त बुझाउनु परेको सञ्चालन समितिका अध्यक्ष विशाल लङ्वाले बताउँनुभयो ।

यो सँगै स्थानीय कलाकारहरूको साथमा विविध सांस्कृतिक कार्यक्रम पनि सम्पन्न भएको छ । विषेश गरि साङधुङगे मेरिङदेन माङ्गेना यकको पर्यटन प्रर्वद्धन सँगै प्रचार प्रसारका लागि कार्यक्रमको आयोजना गरिएको अध्यक्ष लङ्वको भनाई छ । मंसिर १३ गतेदेखि सुरु भएको कार्यक्रमको समापन कोशी प्रदेश उद्योग, कृषि तथा सहकारी मन्त्री खगेन सिं हाङ्गामको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

प्रकाशित मिति : 5:34 pm

 सेसेलुङ महिला गोल्ड कपको उपाधिका लागि मेरिङदेन र फुङलिङ भिड्दै

ताप्लेजुङ, मंसिर १९ गते । ताप्लेजुङमा जारी कञ्चनजङ्घा सेसेलुङ महिला

नेपाली कम्युनिष्ट पार्टी ताप्लेजुङले मंसिर २५ गते एकता सन्देश सभा गर्ने 

ताप्लेजुङ, मंसिर १९ गते । नेपाली कम्युनिष्ट पार्टी ताप्लेजुङले आगामी

दोस्रो साङधुङगे माङ्गेना कपको उपाधि हाङपाङलाई

ताप्लेजुङ, मंसिर १९ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–५ थुकिमामा आयोजित

मेरिङदेनको नाल्बुस्थित हाङलुङ पार्कमा राष्ट्रिय झण्डा तोलन

ताप्लेजुङ, मंसिर १९ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–६, नाल्बुमा अवस्थित

दोस्रो साङधुङगे माङ्गेना कप : उपाधिका लागि आज हाङपाङ र खाम्लुङ भिड्दै

ताप्लेजुङ, मंसिर १८ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–५ थुकिमामा आयोजित