दोस्रो साङधुङगे माङ्गेना कपको उपाधि हाङपाङलाई



ताप्लेजुङ, मंसिर १९ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–५ थुकिमामा आयोजित दोस्रो साङधुङगे माङ्गेना कपमा उपाधिका आठराई त्रिवेणी हाङपाङले हात पारेको छ । विहीबार भएको फाइनल खेलमा मेरिङदेन–३ खाम्लुङलाई ४–१ गोल अन्तरले पराजित गर्दै हाङपाङले उपाधि हात परेको हो । 

लिम्बूहरूको महान चाड चासोक तङ्नामको अवसरमा सञ्चालन भएको वडा स्तरीय पुरुष फुटबल प्रतियोगितामा बुधबार भएको पहिलो सेमिफाइनल खेलमा हाङ्पाङले मेरिङनेद–६ नाल्बूलाई १–० गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । यस्तै दोस्रो सेमिफाइनल खेलमा फुङलिङ नगरपालिका–१० फुरुम्बूलाई १–० गोल अन्तरले पराजित गर्दै खाम्लुङ फाइनलमा प्रवेश गरेको थियो ।

जित सँगै हाङपाङले नगद एक लाख ५० हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । यस्तै खाम्लुङले भने नगद एक लाख सहित ट्रफी, मेडल र प्रमाण पत्र चित्त बुझाउनु परेको सञ्चालन समितिका अध्यक्ष विशाल लङ्वाले बताउँनुभयो ।

यो सँगै स्थानीय कलाकारहरूको साथमा विविध सांस्कृतिक कार्यक्रम पनि सम्पन्न भएको छ । विषेश गरि साङधुङगे मेरिङदेन माङ्गेना यकको पर्यटन प्रर्वद्धन सँगै प्रचार प्रसारका लागि कार्यक्रमको आयोजना गरिएको अध्यक्ष लङ्वको भनाई छ । मंसिर १३ गतेदेखि सुरु भएको कार्यक्रमको समापन कोशी प्रदेश उद्योग, कृषि तथा सहकारी मन्त्री खगेन सिं हाङ्गामको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

प्रकाशित मिति : 5:34 pm

फक्ताङलुङले राहत कोषमा २६ लाख जम्मा गर्ने

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले प्रधानमन्त्री दैवी

पाथीभरा याङ्वरकद्धारा एमबीबीएस अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति

सौगात विष्ट ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको पाथीभरा याङ्वरक

फुङ्लिङ नगरपालिकाद्धारा चार उत्कृष्ट बुहारी सम्मानित

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले हरितालिका तीजको

प्रथम कुलकर्ण महिला फुटसलको उपाधि वीरेन्द्रलाई

ताप्लेजुङ, भदौ २८ गते । हरितालिका तीजको अवसरमा ताप्लेजुङमा आयोजित

सिदिङवा गाउँपालिकालाई केन्जोको राजधानी दाबी गर्ने

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाको १९३ औँ