सेसेलुङ महिला गोल्डकप : फक्ताङलुङलाई पराजित गर्दै फुङलिङ सेमिफाईनलमा प्रवेश




रेडियो काबेली
ताप्लेजुङ।
फुङलिङ नगरपालिका ताप्लेजुङमा जारी कञ्चनजङ्घा सेसेलुङ महिला गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको छ । सोमबार भएको तेस्रो क्वाटर फाइनल खेलमा फक्ताङलुङ गाउँपालिकालाई ३–० गोल अन्तरले पराजित गर्दै फुङलिङ नगरपालिका सेमिफाईनलमा प्रवेश गरेको हो ।

खेलको ४५ औँ मिनेटमा फुङलिङ नगरपालिकाकी सम्झना लावतीले आफ्नो टिमलाई पहिलो गोल गर्दै अग्रता दिलाउनुभयो । त्यस्तै नगरपालिकाको तर्फबाट नै ४९ औँ मिनेटमा गोल गर्दै सुजता लिम्बुले अग्रतालाई दोब्बर बनाउनुभयो । त्यस्तै खेलको ५४ औँ मिनेटमा समिक्षा मगरले फुङलिङ नगरपालिकाको लागि तेस्रो गोल गर्नुभयो । फुङलिङ नगरपालिकाले अब सेमिफाईनलमा मैवाखोला गाउँपालिकासँगको भेट पक्का गरेको छ । आजको खेलको प्लेयर अफ द म्याच हुँदैै फुङलिङ नगरपालिकाकी सम्झना लावतीले नगद ५ हजारका साथमा ट्रफि प्राप्त गर्नुभयो ।

त्यस्तै मङ्गलबार मेरिङदेन गाउँपालिका र सिदिङवा गाउँपालिकाबिच प्रतिस्पर्धा हुँदै छ । प्रतियोगिताको विजेताले ट्रफीसहित दुई लाख दुई हजार ८२ रुपियाँ र उपविजेताले एक लाख दुई हजार ८२ रुपियाँसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ ।
म्यान अफ द म्याच हुने खेलाडीलाई जनही पाँच हजार, विधागततर्फ उत्कृष्ट हुने सबै खेलाडीलाई जनही आठ हजार र सर्वोत्कृष्ट हुने खेलाडीलाई नगद १० हजार रुपियाँ पुरस्कारको पनि व्यवस्था गरिएको छ ।
चासोक तङनामको अवसरमा कञ्चनजङ्घा फुङलिङ क्लब र ङावरक सङजम्बो फुङलेङको आयोजनामा सञ्चालन भएको प्रतियोगिताको फाइनल खेल मङ्सिर २० गते हुने छ ।

प्रकाशित मिति : 5:32 pm

सिदिङ्वा गाउँपालिका–२ सादेवाको सार्वजनिक सुनुवाइ आज 

ताप्लेजुङ, असार २७ गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले आज चालु

अनुमति बिना ड्रोन नउडाउन आग्रह

ताप्लेजुङ, असार २६ गते । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले कानुनी

रास्वपा ताप्लेजुङद्वारा प्रवक्ताको जिम्मेवारी पौडेललाई

ताप्लेजुङ, असार २६ गते ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जिल्ला

लिटल बुद्ध इंङ्गलिस बोर्डिङ स्कुलद्वारा उत्कृष्ट अङ्क ल्याउन सफल विद्यार्थीलाई सम्मान

ताप्लेजुङ, असार २५ गते । लिटल बुद्ध इंङ्गलिस बोर्डिङ स्कुलले माध्यमिक शिक्षा

आठराई त्रिवेणी गाउँपालिका–५ मा नवनिर्मित बर्थिङ सेन्टर उद्घाटन

ताप्लेजुङ, असार २१ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–५ दोभानस्थित