सेसेलुङ महिला गोल्डकप : आज फुङलिङ र फक्ताङलुङ भिड्दै 



ताप्लेजुङ, मंसिर १५ गते । ताप्लेजुङमा जारी कञ्चनजङ्घा सेसेलुङ महिला गोल्डकप प्रतियोगितामा आज तेस्रो क्वाटर फाइनल खेल हुँदै छ । लिम्बूहरूको महान चाड चासोक तङ्नाम (न्वागी पुजा) २०८२ को अवसरमा सञ्चालन भएको प्रतियोगितामा आज तेस्रो क्वाटर फाइनल खेल अन्तरगत फुङलिङ नगरपालिका र फक्ताङलुङ गाउँपालिकाबिच प्रतिस्पर्धा हुने भएको हो । 

आज विजयी हुने टिमले सेमिफाइनलमा मैवाखोला गाउँपालिका सँग भेट पक्का गर्ने छ । शनिबार भएको उद्‌घाटन खेलमा मैवाखोलाले सिरिजङ्घा गाउँपालिकालाई २–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो । 

यस्तै हिजो भएको दोस्रो क्वाटर फाइनल खेलमा आठराई त्रिवेणी गाउँपालिकालाई ट्राइबेकरमा ३–१ गोल अन्तरले पराजित गर्दै पाथीभरा याङवरक गाउँपालिका सेमिफाइनलमा प्रवेश गरेको हो । खेलको १७औं मिनेटमा आठराई त्रिवेणीका प्रिती गुरुङले गोल गर्दै टिमलाई अग्रता दिलाउनुभएको थियो । यस्तै खेलको १८औं मिनेटमा पाथीभरा याङवरक गाउँपालिकाका अम्बिका लावतीले गोल गर्दै टिमलाई बराबरीमा फर्काउन सफल हुनुभएको थियो । 

खेलको निर्धारित समयमा दुवै टिमबाट १–१ गोलको बराबरी भएपछि खेल ट्राइबेकरमा धकेलिएको हो । यो सँगै मंगलबार हुने अन्तिम क्वाटर फाइनलका विजेताले पाथीभरा याङवरक सँग सेमिफाइनलमा भेट पक्का गर्ने छ । मङ्गलबार मेरिङदेन गाउँपालिका र सिदिङवा गाउँपालिकाबिच प्रतिस्पर्धा हुँदै छ । 

प्रतियोगिताको विजेताले ट्रफीसहित दुई लाख दुई हजार ८२ रुपियाँ र उपविजेताले एक लाख दुई हजार ८२ रुपियाँसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने समितिका कोषाध्यक्ष कुलदिप मादेनले बताउनुभयो । उहाँका अनुसार म्यान अफ द म्याच हुने खेलाडीलाई जनही पाँच हजार, विधागततर्फ उत्कृष्ट हुने सबै खेलाडीलाई जनही आठ हजार र सर्वोत्कृष्ट हुने खेलाडीलाई नगद १० हजार रुपियाँ पुरस्कारको पनि व्यवस्था गरिएको छ ।

कञ्चनजङ्घा फुङलिङ क्लब र ङावरक सङजम्बो फुङलेङको आयोजनामा सञ्चालन भएको प्रतियोगिताको फाइनल खेल मङ्सिर २० गते हुने छ ।

प्रकाशित मिति : 6:53 am

सेसेलुङ महिला गोल्डकप : आज फुङलिङ र फक्ताङलुङ भिड्दै 

ताप्लेजुङ, मंसिर १५ गते । ताप्लेजुङमा जारी कञ्चनजङ्घा सेसेलुङ महिला

दोस्रो साङधुङगे माङ्गेन कप : आज चार खेल हुने 

ताप्लेजुङ, मंसिर १५ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–५ थुकिमामा आयोजित

दोस्रो साङधुङगे माङ्गेन कपमा हाङपाङ, फुरुम्बु, सान्थाक्रा र आयोजक विजयी

ताप्लेजुङ, मंसिर १४ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–५ थुकिमामा आयोजित

आगलागी पीडितलाई शेर्पा सङ्घ ताप्लेजुङद्वारा राहत प्रदान

ताप्लेजुङ, मंसिर १४ गते । ताप्लेजुङको फुङलिङ नगरपालिका–३ केनेमका आगलागी

बालमन्दिर आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण

ताप्लेजुङ, मंसिर १४ गते  । ताप्लेजुङको फुङलिङस्थित बालमन्दिर आधारभूत विद्यालयका