सेसेलुङ महिला गोल्डकप : आज फुङलिङ र फक्ताङलुङ भिड्दै 



ताप्लेजुङ, मंसिर १५ गते । ताप्लेजुङमा जारी कञ्चनजङ्घा सेसेलुङ महिला गोल्डकप प्रतियोगितामा आज तेस्रो क्वाटर फाइनल खेल हुँदै छ । लिम्बूहरूको महान चाड चासोक तङ्नाम (न्वागी पुजा) २०८२ को अवसरमा सञ्चालन भएको प्रतियोगितामा आज तेस्रो क्वाटर फाइनल खेल अन्तरगत फुङलिङ नगरपालिका र फक्ताङलुङ गाउँपालिकाबिच प्रतिस्पर्धा हुने भएको हो । 

आज विजयी हुने टिमले सेमिफाइनलमा मैवाखोला गाउँपालिका सँग भेट पक्का गर्ने छ । शनिबार भएको उद्‌घाटन खेलमा मैवाखोलाले सिरिजङ्घा गाउँपालिकालाई २–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो । 

यस्तै हिजो भएको दोस्रो क्वाटर फाइनल खेलमा आठराई त्रिवेणी गाउँपालिकालाई ट्राइबेकरमा ३–१ गोल अन्तरले पराजित गर्दै पाथीभरा याङवरक गाउँपालिका सेमिफाइनलमा प्रवेश गरेको हो । खेलको १७औं मिनेटमा आठराई त्रिवेणीका प्रिती गुरुङले गोल गर्दै टिमलाई अग्रता दिलाउनुभएको थियो । यस्तै खेलको १८औं मिनेटमा पाथीभरा याङवरक गाउँपालिकाका अम्बिका लावतीले गोल गर्दै टिमलाई बराबरीमा फर्काउन सफल हुनुभएको थियो । 

खेलको निर्धारित समयमा दुवै टिमबाट १–१ गोलको बराबरी भएपछि खेल ट्राइबेकरमा धकेलिएको हो । यो सँगै मंगलबार हुने अन्तिम क्वाटर फाइनलका विजेताले पाथीभरा याङवरक सँग सेमिफाइनलमा भेट पक्का गर्ने छ । मङ्गलबार मेरिङदेन गाउँपालिका र सिदिङवा गाउँपालिकाबिच प्रतिस्पर्धा हुँदै छ । 

प्रतियोगिताको विजेताले ट्रफीसहित दुई लाख दुई हजार ८२ रुपियाँ र उपविजेताले एक लाख दुई हजार ८२ रुपियाँसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने समितिका कोषाध्यक्ष कुलदिप मादेनले बताउनुभयो । उहाँका अनुसार म्यान अफ द म्याच हुने खेलाडीलाई जनही पाँच हजार, विधागततर्फ उत्कृष्ट हुने सबै खेलाडीलाई जनही आठ हजार र सर्वोत्कृष्ट हुने खेलाडीलाई नगद १० हजार रुपियाँ पुरस्कारको पनि व्यवस्था गरिएको छ ।

कञ्चनजङ्घा फुङलिङ क्लब र ङावरक सङजम्बो फुङलेङको आयोजनामा सञ्चालन भएको प्रतियोगिताको फाइनल खेल मङ्सिर २० गते हुने छ ।

प्रकाशित मिति : 6:53 am

कक्षा १–५ मा २० जना विद्यार्थी नभए विद्यालयको तह घटाइने

ताप्लेजुङ, असार ३१ गते । ताप्लेजुङको फुङलिङ नगरपालिकाले कक्षा १–५

मेरिङदेनमा गोठ सुधारका लागि ५० प्रतिशत अनुदान

ताप्लेजुङ, असार ३० गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले गोठ तथा

मैवाखोलामा १८ वर्ष भन्दा कम उमेरका बालबालिकाले मदिरा र सुर्तिजन्य सामग्री ओसारपसार गर्न नपाउने

ताप्लेजुङ, असार २९ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा १८ वर्ष

सिरिजङ्घा गाउँपालिकाद्वारा पत्रकार पुर्कुटी सम्मानित

ताप्लेजुङ, असार २९ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले पत्रकार सन्तोष

श्रमदानबाटै समृद्धि सम्भव स् हर्क साम्पाङ

ताप्लेजुङ, असार २८ गते । श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्कराज