थलङमा तेस्रो आमन्त्रित खुल्ला क्लब स्तरीय पुरुष फुटबल प्रतियोगिता सञ्चालन हुने 



ताप्लेजुङ, मंसिर ६ गते । ताप्लेजुङको मिक्वाखोला–४ थलङमा तेस्रो आमन्त्रित खुल्ला क्लब स्तरीय पुरुष फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । यक्थुङ लिम्बूहरूको महान चाड चासोक तङ्नाम (न्वागी पुजा)को अवसरमा आगामी मंसिर १८ गतेदेखि थलङ स्पोर्टिङ क्लबको आयोजनामा प्रतियोगिता सञ्चालन हुने भएको हो ।

शनिबार फुङलिङ बजारमा पत्रकार सम्मेलनको आयोजना गरी खेल सञ्चालन हुने सम्बन्धी जानकारी गराइएको छ । खेलकुद विकास सँगै मिक्वाखोला–४ साँवालाई पर्यटन विकास सँगै संस्करण संस्कृतिको संरक्षणका लागि खेल आयोजना गर्न लागिएको थलङ स्पोर्टिङ क्लबका अध्यक्ष मणी कुमार थलङले बताउँनुभयो । 

प्रतियोगिताको विजेताले नगद एक लाख ५२ हजार रुपियाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् । यस्तै उपविजेताले नगद एक लाख रुपियाँ सहित मेडल र प्रमाण पत्र प्राप्त गर्ने अध्यक्ष थलङले जानकारी दिनुभयो । 

प्रतियोगिताको वेस्ट किपर, वेस्ट डिफेन्डर, वेस्ट प्लेयर र हाई स्कोरलाई नगद पाँच हजार रुपियाँ सहित ट्रफीको व्यवस्था गरिएको छ । प्रत्येक खेलको म्यान अफ दी म्याच बन्ने खेलाडीलाई नगद दुई हजारको दरले प्रोत्साहन स्वरुप प्रदान गरिने छ ।

प्रतियोगितामा आठ टिमको सहभागिता रहने छ । मंसिर १८ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने खेलको प्रत्यक्ष प्रसारण गोल नेपाल डटकम मार्फत हुने खेल संयोजक मेतीहाङ थलङ (बिके) ले जानकारी दिनुभयो । यस्तै खेल उद्घाटनको दिन केलाङ (च्याब्रुङ नाथ), यालाङ (धान नाच), येबा लाङ (विजुवा नाच), र स्याब्रु  नाच सँगै न्वागीको रुपमा फलफूल वितरण गरिने क्लबका सचिव पुर्ण थलङले बताउनुभयो । 

प्रकाशित मिति : 5:15 pm

पाथीभरामा हिमपात

ताप्लेजुङ, फागुन १२ गते । ताप्लेजुङमा रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरा

आज ग्याल्पो ल्होसार : सार्वजनिक बिदा

ताप्लेजुङ, फागुन ६ गते । शेर्पा समुदायले आज विभिन्न कार्यक्रम

साउदीको रियादमा १०औँ सगरमाथा गोल्डकप आयोजना हुँदै

काठमाडौँ । साउदी अरबको राजधानी रियाद मा १०औँ संस्करणको ‘सगरमाथा

ताप्लेजुङको आवाज बन्ने छु : क्षितिज थेबे

ताप्लेजुङ, फागुन ४ गते । आगामी फागुन २१ गते हुने

डिजिटल वक्तृत्वकलामा विद्वता पोखरेल प्रथम

ताप्लेजुङ, फागुन २ गते । ताप्लेजुङको पाथिभरा बहुमुखी क्याम्पसमा सञ्चालन