थलङमा तेस्रो आमन्त्रित खुल्ला क्लब स्तरीय पुरुष फुटबल प्रतियोगिता सञ्चालन हुने 



ताप्लेजुङ, मंसिर ६ गते । ताप्लेजुङको मिक्वाखोला–४ थलङमा तेस्रो आमन्त्रित खुल्ला क्लब स्तरीय पुरुष फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । यक्थुङ लिम्बूहरूको महान चाड चासोक तङ्नाम (न्वागी पुजा)को अवसरमा आगामी मंसिर १८ गतेदेखि थलङ स्पोर्टिङ क्लबको आयोजनामा प्रतियोगिता सञ्चालन हुने भएको हो ।

शनिबार फुङलिङ बजारमा पत्रकार सम्मेलनको आयोजना गरी खेल सञ्चालन हुने सम्बन्धी जानकारी गराइएको छ । खेलकुद विकास सँगै मिक्वाखोला–४ साँवालाई पर्यटन विकास सँगै संस्करण संस्कृतिको संरक्षणका लागि खेल आयोजना गर्न लागिएको थलङ स्पोर्टिङ क्लबका अध्यक्ष मणी कुमार थलङले बताउँनुभयो । 

प्रतियोगिताको विजेताले नगद एक लाख ५२ हजार रुपियाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् । यस्तै उपविजेताले नगद एक लाख रुपियाँ सहित मेडल र प्रमाण पत्र प्राप्त गर्ने अध्यक्ष थलङले जानकारी दिनुभयो । 

प्रतियोगिताको वेस्ट किपर, वेस्ट डिफेन्डर, वेस्ट प्लेयर र हाई स्कोरलाई नगद पाँच हजार रुपियाँ सहित ट्रफीको व्यवस्था गरिएको छ । प्रत्येक खेलको म्यान अफ दी म्याच बन्ने खेलाडीलाई नगद दुई हजारको दरले प्रोत्साहन स्वरुप प्रदान गरिने छ ।

प्रतियोगितामा आठ टिमको सहभागिता रहने छ । मंसिर १८ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने खेलको प्रत्यक्ष प्रसारण गोल नेपाल डटकम मार्फत हुने खेल संयोजक मेतीहाङ थलङ (बिके) ले जानकारी दिनुभयो । यस्तै खेल उद्घाटनको दिन केलाङ (च्याब्रुङ नाथ), यालाङ (धान नाच), येबा लाङ (विजुवा नाच), र स्याब्रु  नाच सँगै न्वागीको रुपमा फलफूल वितरण गरिने क्लबका सचिव पुर्ण थलङले बताउनुभयो । 

प्रकाशित मिति : 5:15 pm

ताप्लेजुङमा आमन्त्रित प्रथम माघेमेला गोल्ड कप सञ्चालन हुने

ताप्लेजुङ, पुस २६ गते । ताप्लेजुङको सिंवा बजारमा आमन्त्रित प्रथम

तेस्रो वरकदेन गोल्ड कप सञ्चालन हुने

ताप्लेजुङ, पुस २५ गते। ताप्लेजुङमा तेस्रो वरकदेन गोल्ड कप सञ्चालन

रिड नेपालद्धारा फक्ताङलुङका १५४ शिक्षकलाई तालिम 

ताप्लेजुङ, पुस २४ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा शैक्षिक तथा

सशस्त्र प्रहरीद्धारा जिल्ला कारगार ताप्लेजुङलाई खेलकुद सामाग्री हस्तान्तरण

रेडियो काबेलीताप्लेजुङ । सशस्त्र प्रहरी बल नेपाल नं. १ गुल्म