ताप्लेजुङमा १ हजार ८५६ थपिए नयाँ मतदाता



ताप्लेजुङ, मंसिर ६ गते । ताप्लेजुङमा १ हजार ८ सय ५६ जनाले मतदाता नामावली दर्ता गराएका छन् । फागुन २१ गतेका लागि घोषणा गरिएको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै गत असोज १० गते देखि खुल्ला भएको मतदाता नामावली दर्ता १ हजार ८ सय ५६ जनाले दर्ता गराएका हुन् ।

१ हजार २५ पुरुष र ८ सय ३१ महिलाले फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङका सूचना अधिकारी वान्दवराज (विपिन) दुलालले जानकारी दिनुभयो । उहाँका अनुसार राष्ट्रिय परिचयपत्र तर्फबाट १ हजार १ सय ४९ जनाको निवेदन प्राप्त भएको छ ।

जिल्ला निर्वाचन अधिकारी धनराज श्रेष्ठका अनुसार ताप्लेजुङमा २०८२ साल असार १६ गतेसम्म दर्ता भएका फोटो सहितको मतदाता नामावली मध्ये २०८२ साल कात्तिक १६ गतेसम्ममा ८९ हजार ४९० जना मतदानका लागि योग्य देखिएका छन् । मतदानका लागि योग्य मतदातामध्ये ४७ हजार ८१९ पुरुष र ४१ हजार ६७१ महिला रहेको जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङले जनाएको छ ।

प्रकाशित मिति : 6:52 am

तेस्रो तिम्बुङ पोखरी ट्रेल रन प्रतियोगिता भदौ २४ गते, पुरस्कार राशि वृद्धि

ताप्लेजुङ, भदौ १० गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा तेस्रो तिम्बुङ

आठराई त्रिवेणीका सबै वडामा बर्थिङ सेन्टर सञ्चालन

ताप्लेजुङ, भदौ ९ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाका पाँचवटै

ताप्लेजुङ गोल्डकप : भाग्यशाली एक जना दर्शकले स्कुटर पाउने

ताप्लेजुङ, भदौ ७ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकपको

सद्भाव र विश्वशान्तिको कामना गर्दै मुक्कुमलुङ साहित्यिक पदयात्रा

ताप्लेजुङ, भदौ ७ गते । ताप्लेजुङमा साहित्यको माध्यमबाट आपसी सद्भाव,

मुक्कुमलुङ साहित्यिक प्रतिष्ठानको अध्यक्षमा हेल्लोक

ताप्लेजुङ, भदौ ७ गते । मुक्कुमलुङ साहित्यिक प्रतिष्ठानको अध्यक्षमा मनिष