ताप्लेजुङमा १ हजार ८५६ थपिए नयाँ मतदाता



ताप्लेजुङ, मंसिर ६ गते । ताप्लेजुङमा १ हजार ८ सय ५६ जनाले मतदाता नामावली दर्ता गराएका छन् । फागुन २१ गतेका लागि घोषणा गरिएको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै गत असोज १० गते देखि खुल्ला भएको मतदाता नामावली दर्ता १ हजार ८ सय ५६ जनाले दर्ता गराएका हुन् ।

१ हजार २५ पुरुष र ८ सय ३१ महिलाले फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङका सूचना अधिकारी वान्दवराज (विपिन) दुलालले जानकारी दिनुभयो । उहाँका अनुसार राष्ट्रिय परिचयपत्र तर्फबाट १ हजार १ सय ४९ जनाको निवेदन प्राप्त भएको छ ।

जिल्ला निर्वाचन अधिकारी धनराज श्रेष्ठका अनुसार ताप्लेजुङमा २०८२ साल असार १६ गतेसम्म दर्ता भएका फोटो सहितको मतदाता नामावली मध्ये २०८२ साल कात्तिक १६ गतेसम्ममा ८९ हजार ४९० जना मतदानका लागि योग्य देखिएका छन् । मतदानका लागि योग्य मतदातामध्ये ४७ हजार ८१९ पुरुष र ४१ हजार ६७१ महिला रहेको जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङले जनाएको छ ।

प्रकाशित मिति : 6:52 am

कोशी प्रदेशमा ४२ हिमताल उच्च जोखिममा कञ्चनजङ्घा

ताप्लेजुङ, मंसिर ६ गते । कोशी प्रदेशमा रहेका ४२ वटा

ताप्लेजुङमा १ हजार ८५६ थपिए नयाँ मतदाता

ताप्लेजुङ, मंसिर ६ गते । ताप्लेजुङमा १ हजार ८ सय

तेम्बा बजारका आगलागी पीडितलाई राहत वितरण

ताप्लेजुङ, मंसिर ६ गते । ताप्लेजुङको तेम्बा बजारका आगलागी पीडितलाई

दोस्रो साङ्धुङ्गे माङ्गेना कप मंसिर १३ गतेदेखी हुने

रेडियो काबेलीताप्लेजुङ । दोस्रो साङ्धुङ्गे माङ्गेना कप–२०८२ मंसिर १३ गतेदेखी

एनपिएलमा आज सुदूरपश्चिम रोयल्स र काठमाडौं गोर्खाज भिड्दै

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज