तेम्बा बजारका आगलागी पीडितलाई राहत वितरण



ताप्लेजुङ, मंसिर ६ गते । ताप्लेजुङको तेम्बा बजारका आगलागी पीडितलाई नेपाली कम्युनिष्ट पार्टी, वाईसीएल नेपाल र रेडक्रस सोसाइटी ताप्लेजुङले राहत वितरण गरेको छ । मङ्गलबार मध्यराति भएको आगलागी पीडितलाई आर्थिक सहयोग सँगै राहत वितरण गरिएको हो । 

नेपाली कम्युनिष्ट पार्टी र वाईसीएल नेपालले आगलागी पीडितहरूलाई नगद २ लाख १९ हजार २२४ रुपियाँ सहयोग सहयोग गरेको वाईसीएल नेपाल ताप्लेजुङका अध्यक्ष कैलाश माबोले जानकारी दिनुभयो । यस्तै रेडक्रस सोसाइटी ताप्लेजुङले म्याट्स सहित, सरसफाइ किट, चामल, दाल, तेल, नुन, चिनी लगायतका खाद्यान्न राहत सामग्री वितरण गरेको छ । 

 मिक्वाखोला गाउँपालिका–४ साँवाको तेम्बा बजारमा आगलागी हुँदा इन्द्रकुमार लिम्बू, राजकुमार लिम्बू, अनिल लिम्बू र विष्णुप्रसाद लिम्बूको घर जलेर पूर्ण रुपमा नष्ट भएको थियो । उक्त आगलागीबाट एक करोड १८ लाख रुपियाँ भन्दा बढीको क्षति भएको थियो ।

 

प्रकाशित मिति : 6:49 am

तेस्रो वरकदेन गोल्ड कप सञ्चालन हुने

ताप्लेजुङ, पुस २५ गते। ताप्लेजुङमा तेस्रो वरकदेन गोल्ड कप सञ्चालन

रिड नेपालद्धारा फक्ताङलुङका १५४ शिक्षकलाई तालिम 

ताप्लेजुङ, पुस २४ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा शैक्षिक तथा

सशस्त्र प्रहरीद्धारा जिल्ला कारगार ताप्लेजुङलाई खेलकुद सामाग्री हस्तान्तरण

रेडियो काबेलीताप्लेजुङ । सशस्त्र प्रहरी बल नेपाल नं. १ गुल्म

ताप्लेजुङमा सवारी साधन कारबाहीबाट दुई लाख बढी राजश्व सङ्कलन

ताप्लेजुङ, पुस २३ गते । ताप्लेजुङमा सवारी साधन कारबाहीबाट दुई