दोस्रो साङ्धुङ्गे माङ्गेना कप मंसिर १३ गतेदेखी हुने




रेडियो काबेली
ताप्लेजुङ ।
दोस्रो साङ्धुङ्गे माङ्गेना कप–२०८२ मंसिर १३ गतेदेखी हुने भएको छ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका वडा नम्बर ५ थुकिम्मामा दोस्रो साङ्धुङ्गे माङ्गेना कप वडा स्तरीय पुरुष फुटबल प्रतियोगिता तथा साँस्कृतिक कार्यक्रम मंसिर १३ गतेदेखी हुने भएको हो ।

चासोक तङ्नाम मुल संचालक समितीको आयोजनामा हुने खेल प्रतियोगितामा आयोजकको तर्फबाट ३ टिम सहित जम्मा १५ वटा टिमको सहभागिता रहने समितीका अध्यक्ष विशाल लङवा लिम्बुले जानकारी दिनुभयो । प्रतियोगिताको प्रवेश शुल्क ५ हजार ५ सय ५५ रुपैँया रहेको छ भने टिम दर्ता मंसिर ११ गते अपरान्ह ४ बजेसम्ममा गरिसक्नु पर्ने खेल संयोजक सुशन लिम्बुले जानकारी दिनुभयो । उहाँका अनुसार बिजेताले नगद १ लाख ५० हजार र उपविजेताले नगद १ लाख सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने गर्नेछन् ।

स्थानीय लोकेश लिबाङले धार्मिक एव्म साँस्कृतिक हिसाबले महत्वपुर्ण साङ्धुङ्गे क्षेत्रको प्रचार प्रसार गरि पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । मंसिर १३ गतेदेखी हुने प्रतियोगिताको फाईल खेल १८ गते हुनेछ भने सोही दिन साँझ जिल्लाका कलाकारहरुको उपस्थितीमा साँस्कृतिक कार्यक्रम हुने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : 4:24 pm

दोस्रो साङ्धुङ्गे माङ्गेना कप मंसिर १३ गतेदेखी हुने

रेडियो काबेलीताप्लेजुङ । दोस्रो साङ्धुङ्गे माङ्गेना कप–२०८२ मंसिर १३ गतेदेखी

एनपिएलमा आज सुदूरपश्चिम रोयल्स र काठमाडौं गोर्खाज भिड्दै

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज

ताप्लेजुङबाट चार शङ्कास्पद बोलेरो जिप पक्राउ

ताप्लेजुङ, मंसिर २ गते । ताप्लेजुङबाट चार वटा शङ्कास्पद बोलेरो

ताप्लेजुङको तेम्बा बजारमा आगलागी हुँदा ४ घर जलेर नष्ट

ताप्लेजुङ, मंसिर ३ गते । ताप्लेजुङमा आगलागी हुँदा ४ घर

फुङलिङ नगरपालिकाले दियो  स्थानीय बिदा

ताप्लेजुङ, मंसिर १ गते । फुङलिङ नगरपालिकाले आज स्थानीय बिदा