आज देशभर मौसम सफा, पहाडी क्षेत्रमा आंशिक बदलीको सम्भावना



काठमाडौँ । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली सक्रिय नभएकाले देशभर मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अधिकांश भूभागमा मौसम मुख्यतया सफा रहँदा कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा भने आंशिक बदली देखिएको छ।

महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने सम्भावना छ भने बाँकी प्रदेशहरूमा मौसम सफा रहनेछ। राति पनि गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहँदै अन्य स्थानहरूमा मौसम सामान्य रहने अपेक्षा गरिएको छ।

यस वर्षको हिउँदमा वर्षा र हिमपात न्यून मात्रामा हुने अनुमानले कृषि र वातावरणमा असर पर्न सक्ने चिन्ता व्यक्त भइरहेका छन्। तर हाललाई देशभर मौसम सामान्य र स्थिर देखिएको महाशाखाले जनाएको छ।

प्रकाशित मिति : 7:07 am

तेस्रो वरकदेन गोल्ड कप : आयोजक निलो विजयी

ताप्लेजुङ, माघ ४ गते । ताप्लेजुङको मेरिङदेन–५ वरकदेनमा सञ्चालन भएको

पाथीभरामा दर्शनार्थीले चढाएको सुन लिलामी भएन, चाँदी भने प्रतितोला ४ हजार ३ सय रुपैयाँमा लिलाम हुँदै 

ताप्लेजुङ, माघ ४ गते । पाथीभरामा दर्शनार्थीले चढाएको सुन लिलामीका

प्रथम माघेमेला गोल्ड कप : आयोजक र लालीगुँरास फाइनलमा प्रवेश

ताप्लेजुङ, माघ ४ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम

ताप्लेजुङमा निर्वाचन प्रहरीका लागि ९५० आवेदन

ताप्लेजुङ, माघ ४ गते । ताप्लेजुङमा निर्वाचन प्रहरीका लागि ९५०

प्रथम माघेमेला गोल्ड कप : आज सेमिफाइनलका खेल हुने

ताप्लेजुङ, माघ ४ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम