आज देशभर मौसम सफा, पहाडी क्षेत्रमा आंशिक बदलीको सम्भावना



काठमाडौँ । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली सक्रिय नभएकाले देशभर मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अधिकांश भूभागमा मौसम मुख्यतया सफा रहँदा कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा भने आंशिक बदली देखिएको छ।

महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने सम्भावना छ भने बाँकी प्रदेशहरूमा मौसम सफा रहनेछ। राति पनि गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहँदै अन्य स्थानहरूमा मौसम सामान्य रहने अपेक्षा गरिएको छ।

यस वर्षको हिउँदमा वर्षा र हिमपात न्यून मात्रामा हुने अनुमानले कृषि र वातावरणमा असर पर्न सक्ने चिन्ता व्यक्त भइरहेका छन्। तर हाललाई देशभर मौसम सामान्य र स्थिर देखिएको महाशाखाले जनाएको छ।

प्रकाशित मिति : 7:07 am

प्रथम कुलकर्ण महिला फुटसलको उपाधि वीरेन्द्रलाई

ताप्लेजुङ, भदौ २८ गते । हरितालिका तीजको अवसरमा ताप्लेजुङमा आयोजित

सिदिङवा गाउँपालिकालाई केन्जोको राजधानी दाबी गर्ने

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाको १९३ औँ

बेपत्ता भएको छ दिनपछि महिला मृत फेला

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ निगुरादिनकी

अमिर राई सिदिङवाको पर्यटन दूत घोषित

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाले पर्यटन व्यवसायी

तिम्बुङ पोखरी ट्रेल रनमा दुई पत्रकार पुरस्कृत

ताप्लेजुङ, भदौ २६ गते । तिम्बुङ पोखरी अन्तर्राष्ट्रिय ट्रेल रन