ताप्लेजुङमा अलैँचीको मूल्य प्रतिमन एक लाख नाघ्यो



ताप्लेजुङ, कात्तिक २३ । ताप्लेजुङमा अलैँचीको मूल्य प्रतिमन (४० किलोग्राम) एक लाख रुपियाँ नाघेको छ । यस अघि ९८ हजार रुपियाँमा कारोबार भएको अलैंची आइतवार ४ हजार रुपियाँले बढेर प्रतिमन १ लाख २ हजार रुपियाँमा कारोबार भएको हो ।

अलैँची व्यवसायी कमल बरालका अनुसार आइतबार चलनचल्तिकै अलैँची प्रतिमन १ लाख २ हजार रुपैयाँका दरले खरिद गरेको जानकारी दिनुभयो । बरालका अनुसार शनिवार बजार खुल्दा ९६ हजार प्रतिमन रहेको अलैँचीको मूल्यमा अपरान्हबाट प्रतिमन २ हजार रुपैयाँका दरले वृद्धि भई ९८ हजार रुपैयाँ प्रतिमन पुगेको थियो ।

यता अलैँची व्यवसायी सङ्घ ताप्लेजुङका अध्यक्ष भद्रवीर रेग्मीले भने चलनचल्तीको अलैँचीको मूल्य प्रतिमन १ लाख रुपैयाँमा कारोबार भएकोको जानकारी दिनुभयो । आइतबार गुणस्तरीय अलैँची प्रतिमन १ लाख २ हजार रुपैयाँका दरले कारोबार भएको रेग्मी बताउनुहुन्छ ।

असोज दोस्रो सातासम्म ८५ हजार प्रतिमन कायम रहेको अलैँचीको मूल्यमा एक महिनाको अन्तरालमा प्रतिमन १५ देखि १७ हजार रुपैयाँसम्म वृद्धि भएको देखिएको छ । नयाँ उत्पादनको सुरुमै ८० हजार प्रति मनबाट कारोबार सुरु भएको अलैँचीले मूल्य राम्रो मूल्य पाइरहेको छ । अलैँचीको मूल्य अन्तराष्ट्रिय बजारले निर्धारण गर्ने हुनाले मूल्यमा उतारचढाव आउनु सामान्य जस्तै भइसकेको व्यवसायीहरू बताउँछन् ।

प्रमुख नगदे बालीको रुपमा लिइने अलैँची तल्लो भेगका किसानहरूले बजारमा लगिसके पनि लेकाली ९माथिल्लो भेग० का किसानहरू अहिले सुकाउनमा व्यस्त छन् । पछिल्लो समय अलैँचीले भाउ पाउँदा किसानहरू उत्साहित भएको मेरिङदेन गाउँपालिका–४ लिङ्तेपका अलैँची किसान प्रविन हाङ्गाम बताउँनुहुन्छ ।

प्रकाशित मिति : 6:46 pm

ताप्लेजुङमा सशस्त्र प्रहरीद्वारा विद्यालयमा शीतलहर र लागूऔषध दुर्व्यसन सम्बन्धी सचेतना कक्षा सञ्चालन

ताप्लेजुङ, पुस १२ गते । ताप्लेजुङमा सशस्त्र प्रहरीले बालसुबोधिनी संस्कृत

हाङ्देवा र फूरुम्बूमा भालुले गरेको क्षतिको राहतका लागि पहल गरिने

ताप्लेजुङ, पुस १२ गते । ताप्लेजुङमा भालुले पशुचौपायामा गरेको क्षतिको

प्रतिनिधिसभा निर्वाचन : नेपाली कम्युनिष्ट पार्टी ताप्लेजुङद्वारा बुडाक्षेत्रीको एकल नाम सिफारिस

ताप्लेजुङ, पुस ११ गते । नेपाली कम्युनिष्ट पार्टी ताप्लेजुङले आगामी

ताप्लेजुङमा कोष तथा लेखा नियन्त्रक कार्यालयबाट करदाता सेवा सुरु

ताप्लेजुङ, पुस ११ गते । ताप्लेजुङबाट करदाता सेवा कार्यालयले दिने